कुमारी बैंक र उपाय सर्भिसेस लिमिटेडबीच सम्झौता | Khabarhub Khabarhub

कुमारी बैंक र उपाय सर्भिसेस लिमिटेडबीच सम्झौता


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुमारी बैंक लिमिटेड र उपाय सर्भिसेस लिमिटेडबीच व्यवसायिक परामर्श सम्बन्धी सहकार्य भएको छ ।

उपाय सर्भिसेज लिमिटेड कानून, वित्तिय व्यवस्थापन र प्रविधिको क्षेत्रमा अनुभव बटुलेका व्यवसायिक व्यक्तिहरुद्वारा सञ्चालित एक डिजिटल प्लेटफर्म हो ।

यस अन्तर्गत नयाँ कम्पनी दर्ता, कम्पनीे खारेजी, लेखासँग सम्बन्धित सेवाहरु, ऋण आवेदन तथा नवीकरणका लागि आवश्यक कागजात र प्रक्रियाको सेवा, वार्षिक विवरण दाखिला, करसँग सम्बन्धित कागजात तयार लगायतका विविध सेवाहरु प्रदान गर्ने गर्दछ ।

यसका साथै बैंकका कर्मचारीहरुको विश्लेषणात्मक तथा प्राविधिक क्षमता अभिवृद्धिका लागि विभिन्न किसिमका तालिम र प्रशिक्षणहरु दिने सम्बन्धी समेत उक्त कम्पनीसँग सम्झौता भएको छ ।

सो सहमति अनुरूप कुमारी बैंक लिमिटेड र उपाय सर्भिसेज लिमिटेडबीच बैंकका ऋणीहरुले (विशेषगरी साना तथा मझौला) उपाय सर्भिसेजबाट लिने सेवाहरुमा विशेष छुट सहित सहज रुपमा द्रुत सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैंकका तर्फबाट बैंकका डेप्युटी जेनेरल म्यानेजर मनिष तिमिल्सिना र उपाय सर्भिसेस लिमिटेडको तर्फबाट जेनेरल म्यानेजर राजु के.सीले हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  २ : ५८ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन