मैमत्ता सत्तापक्ष : अर्धमुर्छित प्रतिपक्ष

प्रकाश गिरी

बुधबार, असोज ८, २०७६

Reading Time: 10 minutes

मैमत्ता सत्तापक्ष : अर्धमुर्छित प्रतिपक्ष

पार्केटिङ गरिएको वानेश्वरको संसद भवनको पश्चिम पट्टिको ल्होत्से हलमा रहेको कोठामा पित्तलको गमलामा राखिएको रातो फुलमा निलो हजारीले पानी हालेर कार्यक्रमको उद्घाटन  गर्दै प्रतिनिधिसभाका सभामुख कृष्णवहादुर महराले अलि सुस्त अनि अलि नबुझिनेगरि भने–संसदका समितिको कामबाट प्रधानमन्त्री ज्यू खुशी हुनुहुन्न ।

निर्वाचनपछि संसद नियमित बस्न थालेको पनि करिव दुइ बर्ष हुन थालिसक्यो । तर, संसद सचिवालयले सांसदलाई कसरी बोल्ने, मुद्दाहरु कसरी उठाउने, संसदीय मर्यादा के हो ? संसदले गर्नुपर्ने काम के हो ? सांसदको भुमिका के हो ? भनेर सिकाउन राखिएको प्रशिक्षणमा ब्यवस्थापिकाको प्रमुखले कार्यपालिका प्रमुखप्रति अति भक्तिभाव प्रकट गरे ।

उनले भने–प्रधानमन्त्रीजीले मलाई दुई तीन पटक भनिसक्नुभयो । उहाँ संसदको समितिको कामबाट खुशी हुनुहुन्न । संसदको काम सरकारलाई नियन्त्रण गर्ने होइन, निगरानी गर्ने मात्र हो । समितिका साथीहरुले यो कुरा ख्याल गर्नु होला ।

फ्रान्सका दार्शनिक मन्टेस्क्युले प्रतिपादन गरेको शक्ति पृथकीकरणको सिद्धान्तलाई मानेर अन्य संसदीय परम्परा मान्ने मुलुकले जस्तै नेपालले पनि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका एक अर्काका परिपुरक तर कुनैपनि संस्था अर्को संस्था भन्दा कमजोर वा तल होइन भन्ने सिद्धान्तलाई अनुशरण गर्दै पालना गर्दै आएको छ ।

०४८ सालमा नै मसालका अन्य नेता भुमिगत राजनीति गर्दा पनि ९ जना सांसद लिएर संसद छिरेका महराले त्यसको ठीक २८ बर्षपछि सभामुखको कुर्सीबाट कार्यपालिकालाई सहयोग गर्न सांसदलाई जुन याचना गरे।

यसबाट कार्यपालिकाले व्यवस्थापिकालाई छायाँमा राख्न खोजेको रहेछ र यसमा सभामुखले इमान्दारीता देखाउन चाहेका रहेछन भन्ने प्रष्ट वुझिन्छ । तर सभामुख महराले नवुझेको कुरा के हो भने संसद त्यो थलो हो, जसले सरकार जन्माउँछ र अन्त्य पनि गरिदिने तागत राख्छ ।

राजकीय सत्ता सञ्चालनमा प्रधानमन्त्री ओली पछिल्लो समय सफल देखिएका छैनन । सरकार सञ्चालनमा अनुकुल वातावरण हुदा पनि पनि उनले जनभावना जित्ने काम गर्न सकेका छैनन, जसले गर्दा जनतामा निराशा र आक्रोश देखिन थालेको छ ।

संसदलाई सरकारले आफनो नियन्त्रणमा राख्न खोजेको यो एउटा मात्र उदाहरण होइन । अहिले नेकपाको नेतृत्वमा केन्द्रदेखि वाकी ६ वटा प्रदेशमा समेत सरकार छ । र, कुरा यति मात्र होइन, केन्द्रीय संसद देखि प्रदेशका ६ वटा संसदमा समेत सभामुख र उपसभामुख पनि नेकपा कै नेतृत्वमा छ ।

संविधानको धार ९१(२)मा भनिएको छ–प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक-फरक दलको प्रतिनिधि हुनुपर्नेछ । संविधानको यो धाराले अलग अलग दलको प्रतिनिधि माग गरेपनि प्रतिनिधिसभामा सभामुख, उपसभामुख, राष्ट्रियसभामा प्रमुख र उपप्रमुख दुवै नेकपाकै छन ।

यसवारेमा कांग्रेसले आवाज नउठाएको होइन तर यसै विषयमा सर्वोच्च अदालतमा मुद्दा परेपछि सत्तापक्षले अदालतको मुख ताकेर बसेको छ । अदालतमा अधिवक्ता अच्युत खरेलले गत बर्षको जेठ ११ गते मुद्दा दायर गरे ।

फैसला भने भएको छैन । झट्ट हेर्दा यो संवैधानिक बहश जस्तो देखिन्छ तर खासमा यो राजनीतिक विषय हो । र, यसमा नेकपाले कांग्रेसको विरोधको मधुरो आवाजलाई वेवास्ता गरिदिएको छ ।

सरकार बनेको करिव डेढ बर्षकोबीचमा प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले देखाएको यो पहिलो दम्भ भने होइन । सरकार कतिसम्म हेपाह छ भन्ने प्रमाणको रुपमा गुठी विध्येकलाई लिन सकिन्छ । सडकमा हजारौं जनता उत्रँदा समेत प्रधानमन्त्री मुर्ति चोरहरुले जुलुस गरे भनेर ओठे जवाफ लगाइरहेका थिए ।

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले अरु त अरु आफनै दलमा पनि दम्भ प्रकट गरिरहेका छन । जब एमाले र माओवादीबीच एकता भयो तब उनले एमालेका पुर्वअध्यक्ष झलनाथ खनाललाई बरियतामा चौंथो स्थानमा झारे र उनको स्थानमा माधव नेपाललाई राखे ।

झलनाथ खनाल चीनमा भएको वेलामा गरिएको यो निर्णयको उनले विरोध गरिरहे, तर ओलीले सच्याएनन । जब माधव नेपाल ओलीसंग विच्किन थाले तब उनले पार्टी एकताको प्रक्रिया अघि बढाउदै झलनाथलाई तेस्रो बरियतामा राखे भने तेस्रो बरियतामा रहेका माधव नेपाललाई चौंथो स्थानमा झारिदिए ।

कुरा यतिमा मात्र सिमित छैन, उनले संसदीय दलको चुनाव,पार्टीको महाधिवेशनमा सहयोग गरेका वामदेवसंग आफु निर्वाचित हुने वित्तिकै दुरी राखे । जब पार्टीमा सकसमा पर्दै गए तब उनले वामदेवलाई उपाध्यक्ष बनाउने, संगठन विभाग जिम्मा दिने मात्र होइन कास्कीबाट उपचुनाव लडाउनेसम्मको बचन दिए । कतिसम्म भने सिंगापुरमा उपचार गराइरहदा अरु नेतालाई छाडेर उनले वामदेवलाई वोलाए ।

राजकीय सत्ता सञ्चालनमा प्रधानमन्त्री ओली पछिल्लो समय सफल देखिएका छैनन । सरकार सञ्चालनमा अनुकुल वातावरण हुदा पनि पनि उनले जनभावना जित्ने काम गर्न सकेका छैनन, जसले गर्दा जनतामा निराशा र आक्रोश देखिन थालेको छ ।

पार्टी सत्ता चलाउन भने उनी सफल भएका छन । पार्टी भित्रका सवै गुट र समुहलाई आवश्यकता पर्दा टाढा भएकालाई नजिक राख्न उनी सफल भएका छन ।

सरकार प्रमुखको कार्यशैली हेर्दा उ मैमत्ता देखिन्छ, अनि प्रमुख प्रतपक्षी दल नेपाली कांग्रेस भने चुनावी हारको सदमा सहन नसकेर अझै अर्धमुर्छित अवस्थामा देखिन्छ ।

चुनाव जितेर सत्तामा आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाटै पटक पटक कहाँ छ कांग्रेस ? भनेर खिस्याएकै हुन् । प्रधानमन्त्री ओलीसँगै समग्र नेकपाले कांग्रेसलाई सम्मानको नजरले हेरेन ।

बरु हरुवा दल देख्यो । नेपाली कांग्रेसले भदौ २४ गते देखि सुरु गरेको दोस्रो चरणको जागरण अभियानको क्रममा नेपालगञ्जमा भिडन्त भयो । जागरण अभियानमा नेकपा कार्यकर्ताले अचानक आक्रमण गरे पछि जिल्ला सभापति किरण कोइराला सहित कैयौं नेता कार्यकर्ता घाइते भए । नेपाली कांग्रेसले यहि विषयलाई लिएर विरोध प्रदर्शन मात्र गरेन,संसद नै अवरुद्ध समेत गरयो ।

यहि घटनामा आक्रोश पोख्दै नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले सरकार अधिनायकवादी पथमा हिंडेको आरोप लगाए । यसरी टकरावपुर्ण राजनीतिक वातावरण भइरहेकै बेलामा उनै ओलीले गत मंगलवार कांग्रेस सभापति शेरवहादुर देउवासंग भेट गरे ।

उनले कांग्रेसका अन्य दिग्ग्ज नेतासंग पनि भेटे । यो भेटमा उनले मिलेर जाउँ भनेर प्रस्ताव पनि गरे । तर, अनौठो के भयो भने यसको भोलिपल्ट बुधवार नै राष्ट्रियसभाबाट विवादस्पद भुमिसुधार सम्वन्धी विध्येक बहुमतबाट पास गरे ।

अर्थात उनी एउटा कुरा बोलिरहेका छन र काम अर्कै गरिरहेका छन । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभाका सांसद जितेन्द्रनारायण देवका अनुसार, प्रधानमन्त्री ओली हिटलरको नाजीपथमा हिंडेका छन । उनी थप शंका गर्दै भन्छन–प्रधानमन्त्रीलाई स्वेच्छापुर्वक काम गर्न दिइएको छैन, उनको टिमले घेरावन्दीमा पारेको छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली मात्र होइन । नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि कम छैनन । नेपागञ्जमा भ्रष्टाचार विरुद्धमा अभियान चलाईरहेका ज्ञानेन्द्र शाहीको समुहले पर्यटन मन्त्री योगेश भटटराईको कारण विमान उडानमा ढिलाई भयो भन्दै विवाद गरेको भोलिपल्ट अध्यक्ष दाहालले कडा निर्देशन दिए ।

उनले पार्टीको दिवंगत नेता पोष्टवहादुर वोगटीको स्मृति दिवसमा आयोजना गरेको कार्यक्रममा वोल्दै विधार्थी नेताहरुलाई निर्देशन दिदै भनेका छन–केही अराजक तत्वहरु यो व्यवस्थाकै विरुद्ध लागि परेका छन।

जनतालाई भ्रममा पार्दै हत्केलाले सूर्य छेक्न खोज्ने त्यस्ता अराजक तत्वहरुलाई प्रतिवाद गर्न म युवा विधार्थीहरुलाई विशेष निर्देशित गर्न चाहन्छु ।

संसदमा पटक पटक उभिएर गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न मधेशी दलले माग गरे । र, प्रधानमन्त्रीले सार्वजनिक गर्ने बचन पनि दिए । तर, आजसम्म यो सार्वजनिक भएको छैन ।

अध्यक्ष दाहालले यसरी निर्देशन भदौ ३० गते विहान दिए तर उनका भ्रातृ संगठनले एक कदम अघि बढेर भदौ २९ गते नै ज्ञानेन्द्र शाहीको पत्रकार सम्मेलनमा घुसेर हातपात गरिसकेका थिए भने यसै दिन राष्ट्रिय युवा संघ नेपालको ब्यानरमा विज्ञप्ति निकाल्दै शाहीलाई कास्की प्रवेशमा रोक लगाईसकेका थिए । र, अध्यक्ष दाहालको निर्देशनपछि चितवनले पनि शाहीलाई प्रवेश रोक लगायो ।

सरकार प्रमुखको कार्यशैली हेर्दा उ मैमत्ता देखिन्छ, अनि प्रमुख प्रतपक्षी दल नेपाली कांग्रेस भने चुनावी हारको सदमा सहन नसकेर अझै अर्धमुर्छित अवस्थामा देखिन्छ ।

मैमत्ता पनि कति भने सत्तापक्षले राष्ट्रिय मुद्दामा समेत छलफल चलाएको छैन । विपक्षीलाई साथ लिने भन्दा चिढयाउने काम नै गरिरहेको छ । सरकार बनेको डेढ बर्षकोबीचमा प्रधानमन्त्री गम्भीर विरामी भएर सिंगापुर जानु अघिल्लो दिन मात्र बल्ल पहिलो पटक सर्वदलिय वैठक डाकियो ।

उक्त दिन यो ब्यवस्थाविरुद्ध षडयन्त्र भइरहेको कुरा प्रधानमन्त्रीले राखेका छन । प्रधानमन्त्री कतिसम्म एक्लै हिडिरहेका छन भने उनले केही समय पहिला संसदमा सम्वोधन गरेपछि कांग्रेस सभापति शेरवहादुर देउवा र आफनै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग बसेर सत्यनिरुपण तथा मेलमिलाप आयोग छिटो गठन गर्ने मौखिक सहमति गरे ।

उनले सिंगापुर जानु अघि नै आयोग बनाउने बचन दिए । तर, आजसम्म यो कुरा अघि बढन सकेको छैन । उनले यो काम रोकेर प्रचण्ड र देउवा दुवै चिढयाइरहेका छन । उनले संविधान संशोधन गरौंला भनेर बचन दिएर आफुप्रति नरम बनाएका मधेशी दलको माग पनि सम्वोधन गरेका छैनन् ।

संसदमा पटक पटक उभिएर गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न मधेशी दलले माग गरे । र, प्रधानमन्त्रीले सार्वजनिक गर्ने बचन पनि दिए । तर, आजसम्म यो सार्वजनिक भएको छैन ।

चुनावी हारबाट बल्ल बल्ल ब्युझिएको नेपाली कांग्रेसले पहिलो चरणको जागरण अभियान सम्पन्न गरेर दोस्रो चरणको जागरण अभियानमा आफुलाई होमेको छ।

कांग्रेस सभापति शेरवहादुर देउवाले विहिवार संसदमा वोल्दै कांग्रेसलाई नहेप्न र सभामुखलाई पार्टी कार्यकर्ता नवन्न चेतावनी दिएका छन। आन्तरिक अवस्था चाहि कस्तो छ भने युवा तरुणको संस्था तरुण दलमा अध्यक्षले महासचिव र महासचिवले अध्यक्ष हटाएको अत्यन्त लज्जास्पद हर्कत गरेका छन ।

यसबीच नेपालगञ्जमा कांग्रेसले नेकपाको हातमा पिटाइ खानु परेको छ भने यो भन्दा दयनीय अवस्था चाहि सर्लाहीमा भएको छ । पार्टी कै दुइ समुह देउवा र पौडेल पक्षधर कार्यकर्ताहरु एकआपसमा भिडेर घाइते हुन पुगेका छन । यहि अवस्था सिन्धुपाल्चोकमा पनि छ ।

हुनत कांग्रेस सभापति शेरवहादुर देउवाले विहिवार संसदमा वोल्दै कांग्रेसलाई नहेप्न र सभामुखलाई पार्टी कार्यकर्ता नवन्न चेतावनी दिएका छन। आन्तरिक अवस्था चाहि कस्तो छ भने युवा तरुणको संस्था तरुण दलमा अध्यक्षले महासचिव र महासचिवले अध्यक्ष हटाएको अत्यन्त लज्जास्पद हर्कत गरेका छन ।

आन्तरिक रुपमा नै छिन्न भिन्न भएको नेपाली कांग्रेसले भीमकाय स्वरुप भएको नेकपासंग कसरी सामना गर्ला ? यो अत्यन्त गम्भीर सवाल खडा भएको छ ।

पुर्वसभामुख तथा नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटका अनुसार, कांग्रेसले वाटो विराएको,एजेण्डा चिन्न नसकेको र नेतृत्वमा आचरणको समस्या भएकोले कांग्रेसले नेकपाको सामना गर्न नसकेको हो ।

उनले अब फेरि मुलधारको ठुलो पार्टी हुन कांग्रेसले हिन्दुराज्यको वकालत र संघियताको विरोध गर्नुपर्ने निष्कर्ष निकालेका छन ।

कुनै समय वाम राजनीति गरी घुम्दै फिर्दै यतिवेला कांग्रेसमा पुगेका जितेन्द्रनारायण देवको भने अलि फरक दृष्टिकोण छ । उनले भने–२०६८ सालमा माओवादीको बहुमत थियो । माओवादी र फोरम लोकतान्त्रिक लगायतका दल मिल्दा संविधान जारी गर्न सकिन्थ्यो ।

यसैले उनले माओवादी अध्यक्ष पुष्पकममल दाहाललाई भनेछन–हामी मिलेर संविधान जारी गरौं । अध्यक्ष दाहालले भनेछन–कांग्रेसलाई वेवास्ता गरेर संविधान जारी त गर्न सक्छौं तर टिकाउन सक्दैनौं । किनभने कांग्रेस एमालेको सवै जिल्लामा गहिरो संगठन छ अनि कांग्रेसलाई अन्तर्राष्ट्रिय मान्यता छ ।

उनी आज पनि प्रचण्डले उतिवेला भनेको यो सम्वाद कांग्रेसको हकमा लागु हुने ठान्दछन । उनी भन्छन–कांग्रेसले चुनाव हारेको हो,राजनीति होइन । अहिलेको अवस्थामा पनि कांग्रेसलाई मिनिमाइज गरेर संविधान कायम राख्न सम्भव छैन ।

यदि यसो हो भने नेकपा नेतृत्वको सरकारले किन मैमत्ता रुप देखाइरहेको छ ? के उसलाई जनमत भनेको बदलिइरहन्छ भन्ने हेक्का छैन ?

लामो समय कम्युनिष्ट राजनीति गरेका कुनै बेला केपी ओलीका निकट मित्र आरके मैनालीको शब्द सापटी लिने हो भने ओलीको स्वभाव नै त्यस्तै हो ।

उनी भन्छन–ओलीजी त्यस्तै हो, जेलमा बस्दा, पार्टीमा संघर्षको दिनमा पनि रुखो वोल्ने, हेप्ने र इगो लिने स्वभाव नै हो ।

भर्खर

0