कोटेश्वर–कलंकी सडकखण्डका ६ आकाशे पुल असारमा सकिने | Khabarhub Khabarhub

कोटेश्वर–कलंकी सडकखण्डका ६ आकाशे पुल असारमा सकिने


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं– चिनियाँ सरकारले निर्माण सम्पन्न गरेको कोटेश्वर–कलङ्की सडकमा थप छ स्थानमा आकाशे पुल निर्माण आगामी असारसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

चिनियाँ निर्माण कम्पनीले तीन ठाउँमा पुल निर्माण सम्पन्न गरेकामा नेपाल सरकारले थप छ ठाउँमा आकाशेपुलको निर्माण गरिरहेको हो । चिनियाँ निर्माण कम्पनीले कोटेश्वर, बागडोल र ग्वार्काे गरेर तीन स्थानमा पुल निर्माण सम्पन्न गरेको काठमाडौँ चक्रपथ सुधार योजनाले बताएको छ । सडक विभागले बालकुमारी, सातदोबाटो, एकान्तकुना, सानेपा, बल्खु र महालक्ष्मीस्थानमा ठेक्का सम्झौतामार्फत् आकाशे पुल निर्माण गर्न लागेको योजनाले बताएको छ ।

सरकारले आकाशे पुल निर्माण गर्न लागेको छ ठाउँमध्ये पाँच ठाउँमा ठेक्का सम्झौता भइसकेर काम भइरहेको इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए । उनका अनुसार पाँच ठाउँमा काम भइरहेको छ भने महालक्ष्मीस्थानमा छिट्टै ठेक्का सम्झौता हुनेछ । उनले भने, “काम भइरहेका ठाउँमा कुनै पनि अवरोध नभएकाले समयमा नै सकिएला ।”

दश किलोमिटर लम्बाइको यो सडकमा चिनियाँ सरकारले निर्माण गरेको तीन आकाशे पुल पर्याप्त नभएको भन्दै सरकारले छ ठाउँमा पुल निर्माण शुरु गरेको थियो । यी छ आकाशे पुल निर्माण सकिएपछि चक्रपथको यस खण्डमा मुख्यमुख्य सबै चोकमा आकाशेपुल हुने आयोजनाले बताएको छ ।

चार वर्ष पहिले निर्माण शुरु भएको यो सडक गत मङ्सिर २९ मा निर्माण सम्पन्न भएको थियो । काठमाडौँस्थित चिनियाँ दूतावासले गत माघमा सरकारलाई सडक हस्तान्तरण गरेको थियो । चक्रपथकै दोस्रो खण्ड कलङ्कीदेखि महाराजगञ्जसम्मको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) चिनियाँ पक्षले तयार गरिसकेको अर्यालले बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  २ : ४४ बजे

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका