वुटवलको व्यापारिककेन्द्र शङ्करप्लाजामा आगलागी | Khabarhub Khabarhub

वुटवलको व्यापारिककेन्द्र शङ्करप्लाजामा आगलागी


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुटवलको व्यापारिक केन्द्र शङ्करप्लाजामा आगलागीहुँदा करिब १ करोड बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लका अनुसार आगलागीबाट फेन्सी पसलको करीब एक करोड बराबरको सामान जलेर नष्ट भएको हो । प्रहरीका अनुसार राति करीव १० बजेदेखि लागेको आगो मध्यराति १२ बजे मात्र नियन्त्रणमा आएको थियो ।

बुटवल उपमहानगरपालिका, रामग्राम नगरपालिका, सिद्धार्थनगर नगरपालिकालगायतका दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दासमेतको प्रयासबाट आगलागी नियन्त्रणमा ल्याइएको हो ।

शङ्करप्लाजामा सञ्चालित बिन्दवासिनी फेन्सीबाट सल्किएको आगो त्यही भवनमा रहेका अन्य पसलमा समेत सरेको थियो । आगलागीबाट बिन्दवासिनी फेन्सीमा पूर्ण क्षति भएको छ भने अन्य केही पसलमा समेत क्षति भएको प्रहरीले जनाएको छ ।

उक्त फेन्सीका सञ्चालकले राति पसल बन्द गरेको केही समयपछि सोही पसलबाट नै आगलागी शुरु भएको प्रहरीको अनुमान छ । पसलमा रहेको विद्युत् लाइन सट भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निश्कर्ष छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ८ : २४ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न