इङ्ग्लीस प्रिमियर लिग : युनाइटेडसँग अंक बाडेको लिभरपुलले लियो साँघुरो अग्रता | Khabarhub Khabarhub

इङ्ग्लीस प्रिमियर लिग : युनाइटेडसँग अंक बाडेको लिभरपुलले लियो साँघुरो अग्रता


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–इङ्ग्लीस प्रिमियर लिगमा आइतबार राति म्यानचेस्टर युनाइटेडसँग बराबरी खेले पछि लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । वल्र्ड ट्राफोडमा भएको खेलमा लिभरपुलले घरेलु टोलीसँग बराबरी खेल्यो ।

लिगमा २७ खेल खेलेको म्यानचेस्टर सिटी र २६ खेल खेलेको लिभरपुलको समान ६५ अंक रहेको थियो । त्यस्तै, युनाइटेडसँग २७ औं खेलमा अंकबाडेपछि लिभरपुल ६६ अंकसहित दोस्रो स्थानको सिटीसँग १ अंककोे साँघुरो अग्रता बनाएको हो ।

युनाइटेडलाई आइतबार राति भएको अर्को खेलमा आर्सनलले साउथ ह्यामटनलाई पराजित गर्दै शीर्ष चौथो स्थानमा उक्लिएपछि पाँचौ स्थानमा झरेको हो ।

ओले गनर सोल्सायर आएपछि लगातार जीत निकाल्दै प्रिमियर लिगमा स्तर सुधारेको युनाइटेडका लागि आइतबारको खेलमा खेलाडी इनजुरीले सताएको बीबीसीले उल्लेखगरेको छ । जसमा युनाइटेडले खेलको २५ औं मिनेटमा जेसस लिङ्गार्ड घाइते भएपछि विजारे मैदान प्रवेश गरेका थिए ।

त्यस्तै, लिभरपुलका लागि युनाइटेडका गोलकिपर डेभिड डे गियाले रोक्दा गोल हुननसकेको उल्लेख गरिएको छ । लिभरपुलसँग अंक बाडेको युनाइटेडको ५२ अंकसहित पाँचौ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ८ : १२ बजे

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५