मौसम अपडेट : केहि ठाउँमा मेघ गर्जनसहितको वर्षा | Khabarhub Khabarhub

मौसम अपडेट : केहि ठाउँमा मेघ गर्जनसहितको वर्षा


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनसुन विस्तारै कम सक्रिय भइरहेका बेला आज (आइतबार) पनि देशभरको मौसममा आंशिक परिवर्तन हुनेछ । अहिले देशका मध्य र पश्चिमी भू-भागका धेरै स्थानमा बदली भई केही स्थानमा वर्षा भईरहेको छ । पुर्वी भू-भागमा आंशिकदेखि सामान्य बदलीको अबस्था छ।

यस्तो छ ३ दिने मौसमको जानकारी
भदौं ८ गते (आईतबार)
दिउँसो: देशको पश्चिमी भू-भागमा सामान्य बदली र मध्य तथा पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। पश्चिमी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति: देशको पश्चिमी भू-भागमा सामान्य बदली र मध्य तथा पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। पश्चिमी भू-भागका एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

भदौ ९ गते (सोमबार)
दिउँसो: देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुनेछ। देशको पश्चिमी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको छ।

राति: देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। पश्चिमी भू-भागका एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

भदौ १० गते (मंगलबार)
दिउँसो: देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुनेछ। पश्चिमी भू-भागका एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति: देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। पश्चिमी भू-भागका एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

२७ जिल्लाको मौसमी विवरण
मौसम पूर्वानुमान महाशाखाले २७ जिल्लाको मौसमी विवरण अब निरन्तर प्रकाशन गर्नेभएको छ । यसअघि किसानका लागि त्यो मौसमी विवरण नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को बुलेटिन तयार गर्न पठाउन बनाइने गरिएको थियो । अबदेखि आफ्नो वेबसाइटमा बिहीबार निरन्तर प्रकाशन गरिन थालेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।

उनले भने, ‘भविष्यमा ७७ जिल्लाकै मौसमी विवरण सार्वजनिक गर्ने योजना हो, तर हाल नार्कको परियोजना अनुसार काम भइरहेकाले खेती किसानलाई सघाउने उद्देश्यले २७ जिल्लाको मात्र सार्वजनिक गरिएको हो,’ उनले भने ।

कँडेलका अनुसार मनसुनमा निर्भर नेपालको खेती प्रणालीलाई सघाउने किसिमले साप्ताहिक बुलेटिन तयार पारिएको बुलेटिनकै आधारमा नार्कले थप छलफल गरी आफ्नो बुलेटिनमा प्रकाशन गर्छ । त्यसपछि किसानको पहुँचमा पुर्‍याउने गरी सन्देश पठाइने कृषि मौसमविद् रामेश्वर रिमालले जानकारी दिए ।

यसले अन्य सर्वसाधारणको जीवनमा पनि सकारात्मक सहयोग गर्ने भएकाले महाशाखामार्फत सार्वजनिक गर्न थालिएको हो । ‘भनिँदा २७ जिल्लाको भनिए पनि देशभरका सर्वसाधारणलाई योजनाबद्ध यात्रा गर्न र कामको योजना बनाउन साप्ताहिक मौसमी विवरणले सघाउने छ,’ उनले भने ।

प्रकाशित साप्ताहिक मौसमी जानकारीअनुसार वर्षा, तापक्रम, मौसमी अवस्थिति, महत्त्वपूर्ण मौसमी आँकलन जिल्लाअनुसार उल्लेख गरिएको छ ।

आगामी बिहीबारसम्म झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, महोत्तरीमा आगामी हप्ताभर हल्कादेखि मध्यम स्तरको वर्षा हुने महाशाखाले जनाएको छ । त्यस क्षेत्रमा हालको तापक्रम ३५ डिग्री आसपास नै रहने जनाइएको छ । केही क्षेत्रमा मेघ गर्जनसहितको वर्षा हुने अनुमान गरिएको छ । बारा, चितवन, रुपन्देहीमा भने तापक्रम हालभन्दा केही बढ्ने तर वर्षाको अवस्था पूर्वको झैँ रहने जनाइएको छ ।

बाँके तथा कैलालीका केही स्थानमा भारी वर्षा हुने तथा अन्यत्र मध्यमसम्मको वर्षा हुने अनुमान छ । तापक्रममा खासै परिवर्तन हुने छैन ।

धनकुटा, दोलखा, काभ्रे, धादिङमा हल्कादेखि मध्यम वर्षा साताभर कायम रहने बुलेटिनमा जनाइएको छ । कास्की, पाल्पा, रुकुममा तापक्रम यथावत रही केही क्षेत्रमा भारी वर्षा हुनेछ । दाङ, सुर्खेत, डोटीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

सङ्खुवासभा, मुस्ताङ, जुम्ला र दार्चुलामा साताभर नै आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै उदयपुर तथा अर्घाखाँचीमा सामान्यदेखि मध्यम बदलीको अवस्थामा मौसम रहने साप्ताहिक मौसमी बुलेटिनमा उल्लेख छ ।

आगामी तीन दिनको मौसमी विवरणअनुसार भने काठमाडौँलगायत देशभर सामान्यदेखि मध्यम बदली रहनेछ । ‘झरी जसरी पर्ने हैन तर पश्चिमका केही भेगमा भारी वर्षाको सम्भावना छ,’ कँडेलले भने, ‘काठमाडौँसहित देशका अधिकांश स्थानमा घाम लाग्दै हल्का वर्षा हुँदै रोकिँदै रहने अवस्था छ । ‘

उनका अनुसार यसपटकको मनसुनमा न्यूनचापीय रेखाको पूर्ण असर नेपालभित्र पर्न सकेको छैन । बङ्गालको खाडीबाट नजिक आउने तर नेपालभित्र स्थिर नरहने कारण वर्षा कम भएको उनले बताए । हाल मनसुनको न्यूनचापीय रेखा बङ्गालको खाडीमा उडिसा नजिक माथिल्लो वायुमण्डलमा छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ९ : ०८ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन