शिक्षण लाइसेनसको आवेदन फारम सच्याउन पाइने | Khabarhub Khabarhub
Logo
८ माघ २०७६, बुधबार

शिक्षण लाइसेनसको आवेदन फारम सच्याउन पाइने



काठमाडौं-शिक्षकसेवा आयोगले अध्यापन अनुमतिपत्रको आवेदन फारम सच्याउनका लागि अवसर दिएको छ ।

आयोगले पहिलोपटक अनलाइनका माध्यमबाट आवेदन फारम भर्न पाउने सुविधा प्रदान गरेको थियो । गत असार मसान्तसम्म आवेदकहरूले आवेदन भरेका थिए ।

भरिएकामध्ये करिब साढे २ हजार आवेदन गलत रूपमा भरिएको पाइएपछि भदौ २१ गतेसम्म सो सच्याउन सकिने सुविधा दिएको छ ।

आयोगका सूचना अधिकारी दामोदर आचार्यले आवेदकहरूले साइबरबाट फाराम भरेको र त्यसरी भर्दा विवरण गल्ती गरेकाले उनीहरूलाई सच्याउने अवसर दिइएको बताए ।


भर्खर

0