संसद बैठक: सत्तापक्ष र प्रतिपक्षबीच मुठभेडको सम्भावना | Khabarhub Khabarhub

संसद बैठक: सत्तापक्ष र प्रतिपक्षबीच मुठभेडको सम्भावना


११ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउने तयारी तीव्र पारेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त्यसको चर्को विरोध जनाउँदै आएको छ । पछिल्लो पाँच बैठकमा संसद अवरुद्ध पारेको कांग्रेसले आजको बैठकमा झन चर्को दबबा सिर्जना गर्ने भएको छ । सत्तापक्षले विधेयक जसरी पनि पारित गर्ने भएपछि प्रतिपक्ष पनि जोडबलका साथ प्रतिकारमा उत्रिने तयारीमा रहेको छ ।

आजको बैठकमा चिकित्सा शिक्षा विधेयकमाथिको कारबाही प्रक्रिया अघि बढाउने कार्यतालिका छ । सरकारको तर्फबाट शिक्षामन्त्री गिरिराजमणी पोखरेलले संसदमा प्रस्तुत गर्नुभएको चिकित्सा शिक्षा विधेयकमाथि बुधबार बसेको प्रतिनिधिसभा बैठकमा छलफल हुने कार्यतालिका थियो ।

तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले संसदीय समितिको निर्णयविपरीत केही वाक्य नै हटाएर विधेयक ल्याएको भन्दै नाराबाजी गरेपछि संसद बैठक शुक्रबारसम्मका लागि स्थगन भएको थियो ।

आजको बैठकमा पनि सोही विधेयक प्रस्तुत हुने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ । तर, नेपाली कांग्रेसले भने बुधबारको बैठकमा झैं सरकारले विधेयकमाथि संसदीय प्रक्रिया अघि बढाए निषेधित क्षेत्र तोडेर आन्दोलन गर्ने जनाएको छ ।

सरकारले विधेयकका केही बुँदा हटाएर नेकपाको पक्षमा ल्याएको आरोप कांग्रेसले लगाउँदै आएको छ । यता सत्ता पक्षका सांसदले जसरी भएपनि विधेयक पास गराउने बताउँदै आएका छन् ।

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार  १० : १७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६