प्रहरीमा हट्दै ३० वर्षे सेवाअवधि | Khabarhub Khabarhub

प्रहरीमा हट्दै ३० वर्षे सेवाअवधि


११ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा रहेको ३० वर्षे सेवाअवधि हटाउने भएको छ । संघीय प्रहरी ऐनमार्फत् सेवाअवधिको व्यवस्था हटाएर उमेरहद र पदावधि मात्रै कायम गर्न गृह मन्त्रालयले तयारी थालेको छ ।

स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापा बादलकै सक्रियतामा यस्तो व्यवस्था हुन लागेको हो । ऐनको मस्यौदा अहिले गृहबाट कानुन मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगेको छ ।

अर्थबाट ऐन मस्यौदा गृहमा आएपछि ५८ वर्षे उमेर हदमात्रै राखेर सेवा अवधि खुला गरी पठाउने तयारी भएको स्रोतले जानकारी दियो । मस्यौदामा प्रहरी प्रमुखको पदावधि हाल कायम रहेको चार वर्षबाट घटाएर तीन वर्ष कायम गरिएको छ ।

प्रहरी संगठन संघीयताअनुकूल बनाउँदा प्रदेश प्रहरी र संघीय प्रहरी गरी दुई संरचना हुने भएकाले ३० वर्षे सेवाहद हटाउँदा प्रहरी अधिकारीको वृत्ति विकासमा असर नपर्ने गृहका अधिकारीहरुको बुझाइ छ । समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार  ९ : ०४ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६