प्रहरीमा हट्दै ३० वर्षे सेवाअवधि « Khabarhub

प्रहरीमा हट्दै ३० वर्षे सेवाअवधि


११ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा रहेको ३० वर्षे सेवाअवधि हटाउने भएको छ । संघीय प्रहरी ऐनमार्फत् सेवाअवधिको व्यवस्था हटाएर उमेरहद र पदावधि मात्रै कायम गर्न गृह मन्त्रालयले तयारी थालेको छ ।

स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापा बादलकै सक्रियतामा यस्तो व्यवस्था हुन लागेको हो । ऐनको मस्यौदा अहिले गृहबाट कानुन मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगेको छ ।

अर्थबाट ऐन मस्यौदा गृहमा आएपछि ५८ वर्षे उमेर हदमात्रै राखेर सेवा अवधि खुला गरी पठाउने तयारी भएको स्रोतले जानकारी दियो । मस्यौदामा प्रहरी प्रमुखको पदावधि हाल कायम रहेको चार वर्षबाट घटाएर तीन वर्ष कायम गरिएको छ ।

प्रहरी संगठन संघीयताअनुकूल बनाउँदा प्रदेश प्रहरी र संघीय प्रहरी गरी दुई संरचना हुने भएकाले ३० वर्षे सेवाहद हटाउँदा प्रहरी अधिकारीको वृत्ति विकासमा असर नपर्ने गृहका अधिकारीहरुको बुझाइ छ । समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार  ९ : ०४ बजे

एक हजार तीन सय मतदाता बढे

बाजुरा– स्थानीय तहको निर्वाचनपछि निर्वाचन आयोगले सुरु गरेको फोटोसहितको मतदाता

अध्यक्ष प्रचण्ड र लिबरल डेमोक्रेटिक पार्टीका शीर्ष नेताबीच भेटवार्ता 

काठमाडौँ- जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

लुम्बिनी प्रदेशमा चार महिनालाई पुग्ने खाद्यान्न मौज्दात

भैरहवा- लुम्बिनी प्रदेश आपूर्ति संयन्त्रको बैठकले प्रदेशमा खाद्यान्नको आपूर्ति व्यवस्था

दिउसो १ बजेसम्मका मुख्य १० समाचार

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम

‘दण्ड सजायलाई रचनात्मक बनाउनुपर्छ’

चितवन– बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले