सामाजिक सञ्जालमार्फत राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान क्षेत्रीको दुखेसो | Khabarhub Khabarhub

सामाजिक सञ्जालमार्फत राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान क्षेत्रीको दुखेसो


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीले आफूहरुको योगदान युवा तथा खेलकुद मन्त्रालयले नबुझेको भन्दै दुखेसो पोखेकी छन् ।

बुधबार युवा तथा खेलकुद मन्त्रालयले साफ उपविजेता महिला खेलाडीसहित पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी तथा खेलकर्मीलाई सम्मान गरेपछि कप्तान क्षेत्रीले फेसबुकमार्फत असन्तुष्टि जनाएकी हुन् । सरकार तथा सम्बद्ध निकायले खेलकर्मीलाई सम्मान गर्नु स्वागत योग्य भएको उल्लेख गर्दै महिला टोलीको मेहनतको नजरअन्दाज गरिएको बताएकी छन् ।

थाइल्याण्डमा सम्पन्न टि–ट्वान्टी स्म्यासको उपविजेता र विश्वकप छनोटमा उपविजेता बनेको राष्ट्रिय महिला टोलीको योगदानलाई सरकारले बिर्सिएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेकी हुन् ।

असन्तुष्ट रुविनाले सरकारप्रति आक्रोश पोख्दै प्रश्न राखेकी छन्, ‘सबैले आफ्नो हकको सम्मान पाउँदा के हामीलाई चाहिँ सम्मानको हक छैन ?’

हक्की र स्पष्ट कप्तान क्षेत्रीले महिला क्रिकेट सुस्ताएको समयमा पाएको अन्तर्राष्ट्रिय सफलता र खेलाडीको मेहनतको कदर नभएको गुनासो गरेकी हुन् ।
‘कसलाई सोधौँ, म यो प्रश्न ? कसलाई भनौं कि हामीलाई कति धेरै दुःख छ । हामीलाई पनि जिउने बाटो दिनुस्,’ रुविनाले लेखेकी छन् ।

कप्तान क्षेत्रीले आगामी दिन महिला क्रिकेटमा लाग्न नयाँ खेलाडीलाई कसरी उत्प्रेरणा दिने भन्दै गम्भिर प्रश्न पनि गरेकी छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ६ : ०१ बजे

राष्ट्रिय विकास परिषदको बैठक बस्दै, १६औँ योजनालाई अन्तिम रुप दिइने

काठमाडौं– राष्ट्रिय विकास परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

महोत्तरी– महोत्तरीको मटिहानी–६ स्थित मुस्लिम बस्तीका अग्निपीडित परिवार राहतको प्रतीक्षामा

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।