नेपालमा नसर्ने रोगका कारण ६६ प्रतिशतले ज्यान गुमाउँदै | Khabarhub Khabarhub

नेपालमा नसर्ने रोगका कारण ६६ प्रतिशतले ज्यान गुमाउँदै


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा ज्यान गुमाउने बिरामीमध्ये  ६६ प्रतिशतको  मृत्यु नसर्ने रोगका कारण हुने गरेको एक तथ्यांकले देखाएको छ।

स्वास्थ्य अनुसन्धान परिषद्ले  विहीबार सार्वजनिक गरेको तथ्यांकले नेपालमा नसर्ने रोगहरु मिर्गौला, मुटुरोग, श्वासप्रश्वास र मधुमेहका कारण ६६ प्रतिशत व्यक्तिको मृत्यु हुने गरेको देखाएको हो ।

नसर्ने रोगहरुमध्ये १६ प्रतिशतको मृत्यु मुटुरोग, १० प्रतिशत बिरामीको मृत्युको कारण श्वासप्रश्वास सम्बन्धी रोग रहेको तथ्यांकले देखाएको छ । परिषद्ले जनसंख्याको आधारमा गरेको तथ्यांकले नेपालमा १२ प्रतिशत जनसंख्यामा श्वासप्रश्वासको समस्या, ८ दशमलब ५ प्रतिशत व्यक्तिमा मधुमेह, ६ प्रतिशत मानिसमा मिर्गौला र ३ प्रतिशत व्यक्तिमा मुटु सम्बन्धी रोग रहेको देखाएको छ ।

मिर्गौलाका बिरामी गण्डकी प्रदेशमा धेरै

परिषद्ले सार्वजनिक गरेको तथ्यांकले मिर्गौलाका बिरामी गण्डकी प्रदेशमा सबैभन्दा धेरै रहेका छन् । गण्डकी प्रदेशमा कुल जनसंख्याको ६ दशमलब ८ प्रतिशत मिर्गौलाका बिरामी रहेका छन् ।

यस्तै प्रदेश २ मा ६ दशमलब ६, प्रदेश ३ मा ६ दशमलब ५, सुदुरपश्चिमाञ्चल प्रदेशमा ५ दशमलब ९, प्रदेश ५ मा ५ दशमलब ७, प्रदेश १ मा ५ दशमलब २ र कर्णाली प्रदेशमा ४ दशमलब ७ प्रतिशत व्यक्तिमा मिर्गौलाको समस्या रहेको छ ।

मुटुरोगी सुदूरपश्चिम र गण्डकीमा धेरै

कूल जनसंख्याको २ दशमलब ९ प्रतिशत व्यक्तिमा मुटुरोग रहेको तथ्यांकमा छ । जसमध्ये गण्डकी र सुदुरपश्चिम प्रदेशमा धेरै बिरामी रहेको जनाएको छ । गण्डकी र सुदुरपश्चिम प्रदेशमा ३.६ प्रतिशतमा व्यक्तिमा मुटुरोगको समस्या रहेको देखाएको छ ।

यस्तै प्रदेश १ र ३ मा ३.३ प्रतिशत, प्रदेश २ मा २.८ प्रतिशत, प्रदेश ५ मा २.३ प्रतिशत र कर्णाली प्रदेशमा ०.८ प्रतिशतमा मुटुरोगी रहेका छन् ।

नसर्ने रोगहरुमध्ये देशभरको जनसंख्याको ११ दशमलब ७ प्रतिशत व्यक्तिमा श्वासप्रश्वासको रोग रहेको छ । जसमध्ये पनि कर्णाली प्रदेशमा सबैभन्दा धेरै बिरामी रहेका छन् ।

कर्णाली प्रदेशमा २५ दशमलब १ प्रतिशत, प्रदेश २ मा १६ दशमलब ४ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा १४ दशमलब ३ प्रतिशतमा श्वासप्रश्वासकाे समस्या  रहेको तथ्यांकले देखाएको छ ।

यस्तै प्रदेश ३ मा ११ दशमलब ७, प्रदेश ५ मा ९ दशमलब ५ प्रतिशत, गण्डकी प्रदेशमा ६ प्रतिशत २ र कर्णाली प्रदेशमा ६ प्रतिशतमा श्वासप्रश्वासको समस्या देखिएको छ ।

मधुमेहका बिरामी प्रदेश ३ मा बढी

नेपालमा कूल जनसंख्याको ८ दशमलब ५ प्रतिशतमा मधुमेहको समस्या रहेको छ । जसमध्ये प्रदेश ३ मा सबैभन्दा बढी बिरामी रहेका छन् । प्रदेश ३ मा ११ दशमलब ५ प्रतिशतमा मधुमेहको समस्या रहेको पाइएको छ ।

यस्तै प्रदेश ५ मा ९ दशमलब ६ प्रतिशत, प्रदेश २ मा ८ दशमलब ५ प्रतिशत, प्रदेश १ मा ७ दशमलब ७ प्रतिशत, गण्डकी प्रशेदमा ६ दशमलब ७ प्रतिशत जनसंख्यामा मधुमेहको समस्या रहेको तथ्यांकले देखाएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशमा ५ दशमलब २ प्रतिशत, र कर्णाली प्रदेशमा ३ दशमलब २ प्रतिशतमा मधुमेहको समस्या रहेको पाइएको छ । शहरी क्षेत्रमा मोटोपना र खानपानमा असन्तुलनका कारण मधुमेहको समस्या बढ्दै गएको स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा अञ्जनी कुमार झाले बताए ।

परिषद्ले सार्वजनिक गरेको तथ्यांकअनुसार ९ प्रतिशत व्यक्तिको मृत्युको कारण इन्जुरी रहेको छ । परिषद्ले नसर्ने रोगहरुको विषयमा सन् २०१६ देखि सन् २०१८ सम्ममा गरेको सर्वेक्षणको विवरण विहीबार सार्वजनिक गरेको हो ।

स्वास्थ्य अनुसन्धानले परिषद्ले सार्वजनिक गरेको तथ्यांकको आधारमा ती रोग नियन्त्रणका लागि सरकारले नीति तथा कार्यक्रम ल्याउने परिषद्का अध्यक्ष डा झाले जानकारी दिए ।  उनले भने, ‘नसर्ने रोगहरुबाट धेरै बिरामी मर्छन्, ती मध्ये मुटु, मिर्गौला र मधुमेह धेरै देखिएकाले ३ वर्ष अघि यसको जनसंख्याको आधारमा तथ्यांक निकालेर यसको विवरण सार्वजनिक गरेका छौं ।’

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ६ : ५४ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न