अफगानिस्तानमा भएको श्रृङ्खलाबद्ध बम आक्रमणमा १५ जना मारिए | Khabarhub Khabarhub

अफगानिस्तानमा भएको श्रृङ्खलाबद्ध बम आक्रमणमा १५ जना मारिए


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको राजधानी काबुलमा गराइएका श्रृङ्खलाबद्ध तीन बम विष्फोटमा कम्तीमा १५ जना मारिएका छन् ।

अफगानिस्तानका लागि अमेरिकी सेनाध्यक्षले भ्रमणमा रहेका बेला काबुलमा विभिन्न तीन विष्फोट भएका हुन् । आक्रमणकारीले त्यहाँको खानी तथा पेट्रोलियम मन्त्रालयका कर्मचारी चढेको बसलाई लक्षित गरी बम विष्फोट गराएको र उक्त आक्रमणमा ८ जनाको ज्यान गएको बताइएको छ । उक्त आक्रमणमा अरु २७ जना घाइते भएका छन् ।

आक्रमणमा मारिने तथा घाइते हुने अधिकांश सरकारी कर्मचारी छन् ।

उक्त विष्फोटलगत्तै नजिकै अर्का आत्मघातीले कम विष्फोट गराएका थिए । उक्त आक्रमणमा अरु ७ जना मारिएका छन् भने अरु २९ जनाभन्दा धेरै घाइते भएका छन् ।

उक्त आक्रमणलगत्तै नजिकै अर्को कार बम विष्फोट भएको बताइएको छ ।

अफगानिस्तानका लागि अमेरिकी सेनाका कमाण्डर मरिन जनरल जोसेफ डनफर्ड काबुल पुगी अमेरिकी तथा उत्तर एटलाण्टिक सन्धी संगठन नेटोका अधिकारीसँग भेटवार्ताका क्रममा रहेका बेला बम आक्रमण भएको हो ।

अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानले कार बम आक्रमणको जिम्मा लिएपनि अन्य दुई आक्रमणमा आफ्नो संलग्नता भने अस्वीकार गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ३ : ३२ बजे

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज

आगलागी पिडितलाई राहत वितरण

तम्घास । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका आगलागी पिडितहरुलाई राहत

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत