गोपनियता भंग गरेको आरोपमा फेसबुकलाई ५ अर्ब डलर जरिवाना | Khabarhub Khabarhub

गोपनियता भंग गरेको आरोपमा फेसबुकलाई ५ अर्ब डलर जरिवाना


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-गोपनियता भंग गरेको आरोपमा सामाजिक सञ्जाल फेसबुकले ५ अर्ब डलर जरिवाना तिर्नुपर्ने भएको छ । फेसबुकका लागि यो हालसम्मकै ठूलो जरिवाना हो । गोपनीयतासम्बन्धी उचित व्यवस्थापन गर्न नसक्दा फेसबुकले हालसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नुपर्ने अमेरिकी अधिकारीले बताएका छन् ।

अमेरिकाको संघीय व्यापार आयोग एफटीसीका अनुसार फेसबुकले ५ अर्ब डलर जरिवाना तिर्नेछ । कुनै पनि कम्पनीले प्रयोगकर्ताको गोपनीयता उल्लङ्घन गरेको आरोपमा ५ अर्ब डलर जरिवाना तिरेको यो पहिलो पटक हो ।

एफटीसीले राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले ७ करोड ८० लाख फेसबुक प्रयोगकर्ताहरूको डेटा प्राप्त गरेको आरोपको जाँच गरेको थियो ।

अब फेसबुकले गोपनीयता हेर्ने एउटा स्वतन्त्र समिति पनि बनाउनु पर्नेछ । उक्त समितिमा फेसबुकका संस्थापक तथा प्रमुख मार्क जुकरबर्गको नियन्त्रण रहने छैन ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ८ : १४ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन