शिक्षकको सरुवा मिलाउने भन्दै २५ हजार घुस लिएको अभियोगमा पक्राउ | Khabarhub Khabarhub

शिक्षकको सरुवा मिलाउने भन्दै २५ हजार घुस लिएको अभियोगमा पक्राउ


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख धनबहादुर वली घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।

कार्यकक्षमै सेवाग्राहीबाट घुस रकम लिँदै गर्दा प्रमुख वलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।  शिक्षक सरुवाको विषयलाई लिएर एक शिक्षकबाट रु २५ हजार घुस लिँदै गर्दा रकमसहित उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकृत मेघनाथ सापकोटाले जानकारी दिए ।

प्रमुख वलीलाई सबै प्रक्रिया पूरा गरिसकेपछि विशेष अदालतमा मुद्दा दायर गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ८ : २२ बजे

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर

सुपरहिटको ट्याग पाउँदै ‘महाजात्रा’ दोस्रो हप्तामा प्रवेश

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन रहेको ‘महाजात्रा’ सुपरहिटको ट्याग पाउँदै दोस्रो

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध

काठमाडौं– दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा