‘कबीर सिंह’ ले बक्स अफिसमा मच्चायो धमाका, कति कमायो ? | Khabarhub Khabarhub

‘कबीर सिंह’ ले बक्स अफिसमा मच्चायो धमाका, कति कमायो ?


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता शाहिद कपूर स्टारर फिल्म ‘कबीर सिंह’ ले दर्शकको मन जितेको छ । तर, केही दर्शकले भने यो फिल्मलाई वाहियात फिल्म पनि भनिरहेका छन् । केहीले फिल्ममा राखिएका संवादलाई लिएर समेत नकारात्मक टिप्पणी गरिरहेका छन् ।

यो फिल्म हेरेका दर्शकमध्ये धेरैले शाहिद कपूरको अभिनयले मन जितेको प्रतिक्रिया दिएका छन् ।

गएको शुक्रवार रिलिज भएको यो फिल्मले बक्स अफिसमा कमालको व्यापार गरिरहेको छ । फिल्मले शुक्रवार २० करोड २१ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यस्तै फिल्मले शनिवार पनि झण्डै २२ करोड ७१ लाख कलेक्सन गरेको छ ।

आइतवार फिल्मले त्योभन्दा पनि बढी व्यापार गरेको छ । आइतवार यो फिल्मले झण्डै २७ करोड ९१ करोड बराबरको व्यापार गरेको छ ।
सोमवार पनि फिल्मले राम्रो व्यापार गरेको छ । सोमवार मात्र फिल्मले १७ करोड ५४ लाख बराबरको कमाइ गरेको हो ।

यो फिल्मले चार दिनमा ८८ करोड ३७ लाख बराबरको व्यापार गरेको छ ।

यो फिल्म २ सय करोड क्बलमा सामेल हुने आँकलन गरिएको छ । यो फिल्म दक्षिण भारतीय फिल्म ‘अर्जुन रेड्डी’ को रिमेक भर्सन हो ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ४ : २२ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न