वर्ष उत्कृष्ट महिला र युवा खेलाडीसँगै उत्कृष्ट प्रशिक्षकको मनोनयनमा को को परे ? | Khabarhub Khabarhub

वर्ष उत्कृष्ट महिला र युवा खेलाडीसँगै उत्कृष्ट प्रशिक्षकको मनोनयनमा को को परे ?


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’अन्तर्गत चारवटा विधातर्फको मनोनयन सार्वजनिक गरिएको छ । मञ्चले मंगलबार पत्रकार सम्मेलन गरी वर्ष उत्कृष्ट पुरुष, महिला, युवा तथा प्रशिक्षक विधाको मनोनयन सार्वजनीक गरेको हो ।

खेलाडी छनोट समितिले अध्ययन गरी तयार पारिएको वर्षका उत्कृष्ट युवा विधाको खेलाडी मनोनयनमा ब्याडमिन्टनका प्रिन्स दाहाल, एथलेटिक्सका अजितकुमार यादव, क्रिकेटका ललितनारायण राजवंशी, महिला फुटबलकी मन्जली योञ्जन र कराँतेका विजय श्रेष्ठ छन् ।

महिलातर्फ वर्ष महिला खेलाडीको मनोनयनमा फुटबलकी सावित्रा भण्डारी, भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ र तेक्वान्दोकी निमा गुरुङ छन् ।

त्यस्तै, प्रशिक्षकमा प्याराग्लाइडिङका योगेश भट्टराई, क्रिकेटका जगत टमाटा, एथलेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र विष्ट र फुटबलका हरी खड्का मनोनयनमा परेका छन् ।

पुरस्कारमा वर्ष पुरुष खेलाडी, महिला, प्रशिक्षक र पिपल्स च्वाइस अवार्डको विजेताले बजाजको पल्सर मोटरसाईकल प्राप्त गर्नेछन् । अन्य विधाका उत्कृष्ट खेलाडीले जनही ५० हजार नगद सहित ‘गिफ्ट ह्याम्पर’ प्राप्त गर्नेछन् ।

वर्ष २०७५ का उत्कृष्ट महिला खेलाडी

सावित्रा भण्डारी (फुटबल)

– घरेलु तथा अन्तर्रा्ष्ट्रिय प्रतियोगिताहरुमा सानदार प्रदर्शन
– भारतमा भएको अन्तर्रा्ष्ट्रिय हिरो गोल्डकपमा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण योगदान
– महिला साफ च्याम्प्यिनसिपमा उपविजेता सहित सर्वा्धिक गोलकर्ता बन्न सफल
– महिला फुटबल लिग २०७५ की सर्वोत्कृष्ट र सर्वा्धिक गोल गर्ने खेलाडी
– प्रधान सेनापति कपमा उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्ता
– नेपाललाई पहिलो पटक ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गराउन मुख्य भूमिका (पहिलो राउन्ड पार)

सरस्वती चौधरी (भलिबल)

– शेरबहादुर खड्का स्मृति कप विजेता र उत्कृष्ट खेलाडी
– प्रथम सभामुख कप, रोल्पामा पहिलो र उत्कृष्ट खेलाडी
– आरबीबी– एनभिए लिग, काठमाडौं पहिलो र उत्कृष्ट खेलाडी
– तिज महोत्सव, राष्ट्रिय भबिल पोखरा, पहिलो र उत्कृष्ट खेलाडी
– आदीआवादी लिग, काठमाडौं दोस्रो
– २२औं राष्ट्रिय महिला भलिबल, बाग्लुङ पहिलो र उत्कृष्ट खेलाडी
– दोस्रो न्यू डायमण्ड कप, काठमाडौं पहिलो र उत्कृष्ट खेलाडी
– दोस्रो सभामुख कप, पोखरा पहिलो र उत्कृष्ट खेलाडी
– ढोरपाटन कप, काठमाडौं पहिलो र उत्कृष्ट खेलाडी
– दिदी बहिनी कप पहिलो र उत्कृष्ट खेलाडी
– आइजिपि कप, काठमाडौं पहिलो

सिता रानामगर (क्रिकेट)

– घरेलु र नेपाली महिला क्रिकेटले गतवर्ष खेलेको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा अलराउण्ड प्रदर्शन
– थाइल्याण्डमा भएको उमेन्स टी– २० स्म्यासमा नेपालबाट सर्वा्धिक रन बनाउने खेलाडी
– पाँच खेलबाट कूल १ सय ३८ रन, प्रतियोगितामा सर्वा्धिक रन बटुल्ने चौथो खेलाडी
– टी– २० स्म्यासमा तीन विकेट लिन सफल
– थाइल्याण्डमै सम्पन्न आईसीसी उमेन्स टी– २० वल्र्डकप एसिया रिजन क्वालिफायरमा कूल आठ विकेट र ब्याटिङमा पनि सर्वा्धिक ४२ रन सहित ७७ रन जोड्न सफल

निमा गुरुङ (तेक्वान्दो)

– युनिभर्सिटी तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक
– युनिभर्सिटी तेक्वान्दो च्याम्पियनसिपमा टिम स्पर्धामा पनि रजत
– दक्षिण कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा रजत
– फुजैरा ओपन तेक्वान्दोमा कास्य पदक
– एसियाली खेलकुदमा सहभागी

मनिता श्रेष्ठ प्रधान (जुडो)

– थाइल्याण्डमा सम्पन्न युनिभर्सिटी जुडो च्याम्पियनसिपकी स्वर्ण विजेता खेलाडी
– दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा कास्य पदक
– दक्षिण एसियाली जुडो च्याम्पियनसिपको टिम स्पर्धामा रजत पदक
– एसियन गेम्स र विश्व जुडो च्याम्पियनसिपमा सहभागी

वर्ष २०७५ का उत्कृष्ट प्रशिक्षक

योगेश भट्टराई (प्याराग्लाइडिङ)

– नेपाललाई एसियाडमा २० वर्षपछि रजत पदक दिलाउँदाका मुख्य प्रशिक्षक
– नेपालमा भएको प्यााराग्लाइडिङ एक्युरिसी वर्ड कपमा नेपाली टोलीलाई कास्य पदक जिताउन सफल
– कोरियामा भएको प्रि वर्ड कप क्रस कन्ट्रिमा नेपाली टोलीको मुख्य प्रशिक्षक
– राखेपमा भर्खर प्याराग्लाइडिङको प्रमुख प्रशिक्षकमा नियुक्त, आगामी सागको जिम्मेवारी
– नेपाल प्याराग्लाइडिङ एण्ड ह्याङलाइडिङका सल्लाहकार

हरि खड्का (फुटबल)

— साफ महिला च्याम्पियनसिप २०१९ उपविजेता
— हिरो गोल्डकप २०१९ उपविजेता
— २०२० ओलम्पिक छनोट एसिया क्षेत्र (पहिलो चरण पार गरेर दोस्रो चरण प्रवेश)

धनीराम चौधरी (एथलेटिक्स)

– एपीएफका धनीराम चौधरीको प्रशिक्षकत्वमा १७ वर्षीय धावक अजीत यादव हङ्कङमा भएको तेस्रो एसियन युथ एथलेटिक्स च्याम्पियन्सीपमा ३ हजार मिटर दौडमा ८ मिनेट ३०.३२ सकेन्ड समय लगाएर ४५ राष्ट्रका धावकलाई पछाडि पार्दै स्वर्ण पदक जित्न सफल
– नेपालले एथलेटिक्समा अहिलेसम्म एसियालीस्तरमा जितेको यो पहिलो स्वर्ण
– एसियाली खेलकुदमा उनकै रेखदेखमा प्रशिक्षण गरेका आठ हजार मिटर दौडमा सोमबहादुर कुमालले राष्ट्रिय कीर्तिमान
– एसियाली खेलकुदमै महिला आठ हजार मिटर दौडमा व्यक्तिगत समय सुधार्ने धाविका सरस्वती भट्टराईका प्रशिक्षक

जगत टमाटा (क्रिकेट)

– नेपाललाई पहिलो एकदिवसीय अन्तर्रा्ष्ट्रिय श्रंखला जिताउने प्रशिक्षक
– उनकै प्रशिक्षणमा नेपालले युएईलाई तीन म्याचको श्रंखलामा २– १ ले हराउन सफल
– टमाटाकै प्रशिक्षणमा नेपाललाई युएईबिरुद्ध नै तीन म्याचको टी– २० श्रृंखलाको उपाधि
– नेपाली क्रिकेट इतिहासको पहिलो एकदिवसीय श्रंखलामा नेदरल्यान्ड्सबिरुद्ध बराबरी गर्न सफल
– नेपालले आईसीसी टी– २० विश्वकप एसिया रिजनल क्वालिफायर बी को उपाधि जित्न सफल

ज्ञानेन्द्र विष्ट (भलिबल– एपीएफ)

– शेरबहादुर खड्का स्मृति कपमा पहिलो
– रोल्पामा भएको प्रथम सभामुख कपमा उत्कृष्ट प्रशिक्षक
– आरबिबी एनभिए लिग, काठमाडौं पहिलो
– तिज महोत्सव राष्ट्रिय महिला भलिबल पोखरा पहिलो र उत्कृष्ट प्रशिक्षक
– आदीआवादीलिगमा उपविजेता
– २२औं राष्ट्रिय महिला भलिबल, बाग्लुङ पहिलो
– दोस्रो न्युडायमण्ड कपमा पहिलो र उत्कृष्टप्रशिक्षक
– दोस्रो सभामुख कप, पोखरा पहिलो र उत्कृष्ट प्रशिक्षक
– ढोरपाटन कप, काठमाडौं पहिलो र उत्कृष्ट प्रशिक्षक
– दिदीबहिनी कप, पहिलो र उत्कृष्ट प्रशिक्षक
– आइजिपि कप, काठमाडौं पहिलो र उत्कृष्ट प्रशिक्षक

वर्ष २०७५ का उत्कृष्ट युवा खेलाडी

अजित कुमार यादव (एथलेटिक्स)

– राष्ट्रिपति रनिङ शिल्डमा ३००० मिटर र १५०० मिटर दौडमा स्वर्ण
– तेस्रो एसिएन युथ एथलेटिक्स च्याम्पियनसिप हङकङ ३००० मिटरमा (८.३०.३२) को किर्तिमानी स्वर्ण
– २३औं एसिएन एथलेटिक्स च्याम्पियनसिप कतार राष्ट्रि«य किर्तिमानमा सुधार
– काठमाडौं म्याराथन ५ किमी खुला रोड रेसमा स्वर्ण
– बन्दीपुर रोड रेस ८ किमीमा स्वर्ण
– मदनभण्डारी रोडे रेस ५ किमिमा स्वर्ण

प्रिन्स दाहाल (ब्याडमिन्टन)

– दुबई जुनियर ईन्टरनेशनल सिरिजको यू– १५ मा स्वर्ण पदक फाइनलमा इन्डोनेसियाका क्रिस्टियन अगस्टिनसलाई २– ० को सेटमा हराउँदै किर्तिमान
– उमेर समुहमा नेपाली ब्याडमिन्टनलाई अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा स्वर्ण दिलाउने पहिलो खेलाडी
– प्रेसिडेन्टस कप जुनियर ईन्टरनेशनल ब्याडमिन्टन च्याम्पियनसिपमा यू– १५ र यू– १९ मा स्वर्ण पदक
– साउथ एसियन रिजनल च्याम्पियनसिपमा यू– २१ तर्फ मेन्स डबल्समा रजत पदक
– अन्नपूर्ण ईन्टरनेशनल ब्याडमिन्टनमा यू– १९ मा स्वर्ण र मेन्स सिंगल्समा रजत
– जेष्ट ओपन राष्ट्रिय ब्याडमिन्टनमा यू– १५ मा स्वर्ण र मेन्स सिगल्समा कांस्य
– आठौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन यू– १७ मा स्वर्ण
– प्रथम दुर्गा देवी अन्तर्रा्ष्ट्रिय आमन्त्रण ब्याडमिन्टन मेन्स सिंगल्समा स्वर्ण
– १५औं कृष्ण मोहन स्मृति राष्ट्रिय प्रतियोगिताको यू– १७ मा स्वर्ण र मेन्स सिंगल्समा रजत

मन्जली कुमारी योन्जन (फुटबल)

– साफ महिला च्याम्पियनसिप उपविजेता
– हिरो गोल्डकप २०१९ उपविजेता
– २०२० ओलम्पिक छनोट एसिया क्षेत्र (पहिलो चरण पार गरेर दोस्रो चरण प्रवेश)
– साफ यू– १८ च्याम्पियनसिप उपविजेता
– एएफसी यू– १९ च्याम्पियनसिप छनोटमा दोस्रो चरण प्रवेश

ललितनारायण राजवंशी (क्रिकेट)

– उत्कृष्ट बलिङ गर्दै राष्ट्रिय क्रिकेट टोलीमा नियमित रुपमा स्थान बनाउन सफल
– आईसीसी टी– २० बिश्वकप एसिया रिजनल क्वालिफायर बी मा कूल ११ विकेट लिने खेलाडी
– मलेसियामा भएको एसीसी एसिया कप क्वालिफायरमा किफायती बलिङ गर्दै तीन विकेट लिन सफल
– युएईलाई टी– २० अन्तर्रा्ष्ट्रिय श्रृंखलामा पराजित गर्दा निर्णायक खेलमा दुई विकेट लिन सफल
– प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीयमा ६ विकेट लिने बायाँ हाते स्पिनर

विजय श्रेष्ठ (कराँते)

– १५औँ एसियन प्यासिफिक सितेरियो कराँते च्याम्पियपिमा ५५ केजीमा स्वर्ण विजेता
– पहिलो राउन्डमा बाई पाएका उनले हङकङ, चिन र श्रीलंकाका खेलाडीलाई हराएर स्वर्ण
– टोकियोमा भएको नवौँ अन्तर्रा्ष्ट्रिय सितेरियो कराँते प्रतियोगितामा ६० केजी मुनि कांस्य
– पहिलो चरणमा चिन, दोस्रो चरणमा हङकङका खेलाडीलाई हराएपछि सेमिफाइनलमा काजकस्तानका खेलाडीसँग पराजित । यद्यपि तेस्रो स्थानमा लागि भएको खेलमा आइभरिकोस्टका खेलाडीलाई जितेर पदक जित्न सफल ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ३ : ५५ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर– भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

वैदेशिक रोजगारका क्रममा गर्भवती हुने महिला ‘नेपाली पुरुष’ बाटै शोषणमा

काठमाडौं– वैदेशिक रोजगारका क्रममा गर्भवती भएर फर्किने अधिकांश महिला नेपाली

नेपाल कतार संयुक्त वाणिज्य परिषदको स्थापना

काठमाडौं– नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त

भूकम्पीय जोखिम न्यूनीकरणका लागि बृहत् फोटो प्रदर्शनी

काठमाडौं– भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यले बुधबार बृहत्

महोत्तरीमा आगलागी हुँदा ३० घर जलेर नष्ट

जनकपुरधाम– महोत्तरीमा आगलागी हुँदा करिब ३० वटा घर जलेर नष्ट