वर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनयन– क्रिकेटका पारस र सोमपालदेखि प्याराग्लाइडिङका युकेशसम्म | Khabarhub Khabarhub

वर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनयन– क्रिकेटका पारस र सोमपालदेखि प्याराग्लाइडिङका युकेशसम्म


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने स्पोर्ट्स अवार्ड २०७५ मा मनोनयनमा परेका वर्षका उत्कृष्ट ५ जना खेलाडीको नाम सार्वजनिक गरिएको छ ।

जसमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का तथा खेलाडी सोमपाल कामी रहेका छन् भने प्याराग्लाईडिङका युकेश गुरुङ, गल्फका शुक्रबहादुर राई र जुडोका इन्द्र बहादुर श्रेष्ठ रहेका छन् ।

५ जनामध्ये एक जना वर्षको उत्कृष्ट खेलाडी छनौट हुनेछन् । वर्षको उत्कृष्ट खेलाडीको घोषणा असार १७ गते हुने छ ।

यी हुन् बर्ष २०७५ का उत्कृष्ट पुरुष खेलाडी:

पारस खड्का (क्रिकेट)

नेपाली राष्ट्रिय क्रिकेट टोदलीका कप्तान पारस खड्का एन्एसजेएफ स्पोट्स अवार्डको पुरुष वर्षका उत्कृष्ट खेलाडीतर्फ मनोनयनमा परेका छन् । उनले गएको वर्ष नेपाललाई पहिलो एकदिवसीय श्रृंखला जिताएका थिए ।

उनको कप्तानीमा नेपाली टोली युएईसँग खेलेका तीन एकदिवसीय र तीन टी– २० श्रृङ्खलामा दुवै श्रृङ्खला २–१ ले जितेको थियो । उनले श्रृङ्खलाको अन्तिम तथा निर्णायक खेलमा नेपाली क्रिकेट इतिहासकै पहिलो शतक प्रहार गर्दै नेपाललाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनकै कप्तानीमा नेपाललाई आईसीसी टी–२० बिश्व कप एसिया रिजनल क्वालिफायरको उपाधि हात परेको थियो ।

सोमपाल कामी (क्रिकेट)

नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा बलिङ अलराउण्डर सोमपाल कामी पनि यो वर्षको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन् ।

उनले नेपाली क्रिकेटको सफलतामा महत्वपूर्ण भूमिका खेलेका थिए । युएईसँगको श्रृङ्खला नेपाललाई जीत दिलाउन सोमपालले बलिङ र ब्याटिङ दुवै तर्फ महत्वपूर्ण प्रदर्शन पस्किएका थिए ।

यस्तै, उनले युएईविरुद्धको दोश्रो एकदिवसीय श्रृङ्खलामा पाँच विकेट लिएका थिए । त्योसँगै उनी नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा पाँच विकेट लिने पहिलो खेलाडी समेत बने ।

शुक्रबहादुर राई (गल्फ)

गल्फबाट एनएसजेएफ स्टोर्ट्स अवार्डको मनोनयनमा परेका शुक्रबहादुर राई व्यवसायिक खेलाडीलाई पछि पार्दै सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जित्न सफल भएका थिए । यस्तै, उनले गएको वर्ष सूर्य नेपालगल्फ टुरको तीन एमेच्योर उपाधि हात पारेका थिए ।

यस्तै, उनले ३४ औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा टिम इभेन्टमा स्वर्ण पदक पनि जिते ।

इन्द्र बहादुर श्रेष्ठ (जुडो) 

वर्षको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका इन्द बहादुर श्रेष्ठले दक्षिण एसियाली जुडो च्याम्पियनशिपमा स्वर्ण पदक जितेका थिए । उनले उक्त प्रतियोगितामा भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानका खेलाडीलाई हराउँदै स्वर्ण पदक हात पारेका थिए ।
यस्तै, उनले थाइल्याण्डमा सम्पन्न युनिभर्सिटी जुडो च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेका थिए ।

युकेश गुरुङ (प्याराग्लाइडिङ) 

वर्षको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका प्याराग्लाइडिङका युकेश गुरुङले १८ औं एसियाली खेलकुदमा प्याराग्लाइडिङ क्रस कन्ट्रीको पुरुष टिम इभेन्टमा रजत पदक जिताउन महत्वपूर्ण भूमिका निभाएका थिए ।

उनीसँगैको टिमले एसियाडमा नेपाललाई २० बर्षपछि रजत दिलाउँदा युकेशले पाँचमध्ये चार चरणमा गोल पूरा गरेका थिए ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ३ : ०४ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन