फिल्मले ५१ दिन मनाउनु कलाकारका लागि उर्जा पनि हो: आँचल शर्मा | Khabarhub Khabarhub

फिल्मले ५१ दिन मनाउनु कलाकारका लागि उर्जा पनि हो: आँचल शर्मा


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘दाल भात तरकारी’ ले राजधानीका केही सिङ्गल थिएटर हलमा ५१ औँ दिन मनाउन सफल भयो । फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ निरुता सिंह, बसुन्धरा भुसाल, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत लगायका कलाकारको शीर्ष भूमिका थियो ।

समीक्षात्मक रुपमा मिश्रित टिप्पणीका बावजूद यो कमेडी फिल्मले ५१ औँ दिन मनाएपछि कलाकारले खुशी साटेका छन् ।

फिल्ममा पुष्प खड्का र आँचल शर्माले जोडीका रुपमा देखिएका छन् । फिल्मले ५१ औँ दिन मनाएको खुशी साट्ने क्रममा नायिका आँचल शर्माले नेपाली फिल्म नचलिरहेको अवस्थामा फिल्मले गरेको व्यापारले आफूलाई निकै खुशी दिएको बताइन् ।

‘जस्तो जे गाली खाएर भए पनि, राम्रो नराम्रो, नुन पुगेको लगायतका टिप्पणी आउँदा ५१ दिन मनाएकोमा हामीलाई खुशी लागेको छ, फिल्मले ५१ औँ दिन मनाउनु भनेको हाम्रो लागि उर्जा पनि हो,’ आँचलले भनिन् ।

यसअघि आँचल अभिनित फिल्म ‘शत्रु गते’ ले पनि केही सिनेमा घरमा ५१ दिन मनाउन सफल भएको थियो । यता ‘दाल भात तरकारी’ ले ५१ औँ दिन मनाएपछि आँचल थप मख्ख छिन् ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  १२ : ४८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६