टाइगर श्राफ र दिशा पटानीको ब्रेकअप ! | Khabarhub Khabarhub

टाइगर श्राफ र दिशा पटानीको ब्रेकअप !


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड स्टार्स दिशा पटानी र टाइगर श्राफ लामो समयदेखि प्रेम सम्बन्धमा थिए । यही कारण यी दुईको चर्चा भइरहन्थ्यो । यतिसम्म कि, यी दुई प्रायः कार्यक्रममा पनि एकसाथ देखिन्थे ।

भारतीय मिडियाले अहिले भने दिशा र टाइगरको ब्रेकअप भएको खुलासा गरेका छन् । यी दुईले अब अलग हुने निर्णय गरेको भारतीय मिडियाले लेखेका छन् ।

भारतीय मिडियाहरूले स्रोतका हवाला दिँदै लेखेका छन्, टाइगर र दिशा छुटिनुको कारण यी दुईबीच लामो समयदेखि केही कुरामा मतभेद थियो ।

उक्त मतभेदलाई यी दुईले मिलाउने प्रयास पनि गरेका थिए । मतभेद यथावत् रहेपछि दुवैले निर्णय गरेका छन् कि, अब यी दुई प्रेमी प्रेमिकाका रुपमा भन्दा पनि साथीका रुपमा रहनेछन् ।

दिशाले केही समयअघि एक अन्तर्वार्तामा आफूलाई टाइगर मन पर्ने र उनको दिल जित्न निकै मुस्किल भएको बताएकी थिइन् । खासमा दुईको सम्बन्धलाई उनीहरूले मिडियामा स्वीकारेका थिएनन् । तर, दुवै एकदमै नजिक भने थिए । दिशा र टाइगरलाई फिल्म ‘बागी २’ मा पहिलोपटक एकसाथ देखिएका थिए ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ११ : ४३ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन