शंकास्पद वस्तु बम नभएको पुष्टि, स्थानीयमा बढ्यो त्रास | Khabarhub Khabarhub

शंकास्पद वस्तु बम नभएको पुष्टि, स्थानीयमा बढ्यो त्रास


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ ।

त्यसमा पनि विभिन्न ठाउँमा भेटिएका शंकास्पद वस्तुका कारण सर्वसाधारणामा त्रास पैदा भएको छ । विप्लवको बन्द आह्वानका दिन देखिएका शंकास्पद वस्तु बम हुन सक्ने भन्दै सुरक्षाकर्मीलाई खबर गरिए पनि ती अधिकांश बम नभएको पुष्टि भएको छ ।

कीर्तिपुरको नयाँ बजार गेटमा शंकास्पद वस्तु

काठमाडौंको कीर्तिपुरस्थित नयाँबजार गेट नजिकै भेटिएको शंकास्पद वस्तु बन नभएको खुलेको छ । स्थानीयले प्रहरीलाई खबर गरेपछि पुगेको टोलीले गेट नजिकै राखिएको वस्तु बम नभएको पुष्टि गरेको छ ।

बमको आशंकामा डिस्पोज गर्न गएको नेपाली सेनाको टोलीले प्लास्टिकको भाँडोमा माटो भरेर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला पारेको थियो ।

जावालाखेलमा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

यसैबीच आजै ललितपुरको जावलाखेल खेल मैदान अगाडि पनि शंकास्पद फेला परेको थियो । बन्द आह्वानकै दिन देखिएको शंकास्पद वस्तु बम हुन सक्ने अनुमान गरिएपनि त्यो बम नरहेको प्रहरीले जनाएको छ ।

पोखरामा नक्कली बम

काठमाडौंका विभिन्न क्षेत्रमा शंकास्पद वस्तु भेटिनेक्रम बढेसँगै पोखरामा पनि शंकास्पद वस्तु धेरै फेला परेका छन् । त्यहाँ भेटिएका शंकास्पद वस्तु पनि बम नभएको प्रहरीले दाबी गरेको छ ।

कागजमा ‘टाइम बम’ लेखेर पोखराको सिद्धार्थ चोकस्थित तरकारी बजारमा राखिएको वस्तु पनि बम नभएको प्रहरीले जनाएको छ । कागजमा लेखिएको भएकाले बम हुनसक्ने आशंकामा नेपाली सेनाको टोली निष्कृय पार्न तरकारी बजारमा पुगे पनि त्यो शंकास्पद वस्तु बम नभएको पुष्टि भएको थियो । तर स्थानीयबासी भने बमको आशंकामा निक्कै त्रसित भएका थिए ।

त्यस्तै पोखरा छिर्ने मुख्य नाका विजयपुर पुल नजिकै प्रेसर कुकर बम भेटिएको छ । अन्य दुई छुट्छाछुट्टै ठाउँमा पनि शंकास्पद बस्तु भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बैदाम र तालचोकमा पनि शंकास्पद बस्तु भेटिएको छ । कडा सुरक्षाकाविच विजयपुरमा भेटिएको बम डिस्पोज तयारी थालेको प्रहरीले जनाएको छ । बन्दको एक दिन अगाडि सोमबार पनि पोखराको व्यस्त तरकारी बजारमा विप्लव नेतृत्वको पार्टीको पर्चा र शंकास्पद बस्तु भेटिएको थियो ।

झापा र प्यूठानमा शंकास्पद वस्तु

आज बिहान झापाको कन्काई पुलमा बम फेला परेको छ । बमलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

यसैबीच प्यूठान नगरपालिका-४ जुम्री बसपार्कमा शंकास्पद वस्तु फेला परेको छ । होटल डाइमन्ड अगाडि ग्रिनेड आकारको वस्तु फेला परेका प्रहरीले जनाएको छ । शंकास्पद वस्तुलाई पत्रिकाले बेरिएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीका अनुसार शंकास्पद वस्तुमा घडी पनि राखिएको छ । शंकास्पद बस्तुलाई डिस्पोज गर्ने तयारी गरेको बुढाथोकीले बताए ।

त्यसैगरि बर्दियाको गुलरियास्थित वन कार्यालय नजिक र नुवाकोटको विदुर नगरपालिकाका मेयर सन्जु पण्डितको निवासमा पनि शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

अछाममा आगजनी

अछामका दुईवटा वडा कार्यालयमा आगजनी भएको छ । सोमबार राति अज्ञात समूहद्वारा पन्चदेवल विनायक नगरपालिकाको ३ र ढकारी गाउँपालिकाको ५ नम्बर वडामा आगजनी भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पन्चदेवल बिनायकको ३ नम्बर वडा कार्यालयमा राति २ बजेको समयमा आएको करीब ५/६ जनाको समूहले पेट्रोल छर्केर आगजनी गरेका थिए । आगजनी कसले गर्‍यो भन्ने खुलेको छैन ।

विप्लव समूहले सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा आज नेपाल बन्द आहृवान गरेको छ । पौडेलको गत असार ५ गते प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ९ : ५९ बजे

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल