विप्लवको बन्दमा यस्तो देखियो राजधानीको सडक (फोटोफिचर) | Khabarhub Khabarhub

विप्लवको बन्दमा यस्तो देखियो राजधानीको सडक (फोटोफिचर)


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज देशभर बन्दको आह्वान गरेको छ । बन्दको प्रभाव भने सामान्यमात्र देखिएको छ ।

राजधानीका सडकमा निर्वाध रुपमा सवारी सञ्चालनमा आएका छन् भने सरकारले सुरक्षा सर्तकर्ता बढाएर चोकचोकमा सुरक्षाकर्मी परिचालन गरेको छ ।

नियमित भन्दा केही कम सवारी चल्दा यात्रुलाई भने केही समस्या परेको छ ।

बिहान कम मात्र चलेका सवारीको चाप विस्तारै बढ्दै गएको छ । अहिले नियमित रुटमा चल्ने सवारी केहिकम भएपनि चल्न थालेका छन् । सरकारले पनि यातायात व्यवसायीलाई सार्वजनिक यातायातलाई सुचारु राख्न भनेको छ ।

यसैबीच देशका विभिन्न स्थानमा शंकास्पद बस्तु भेटिँदा स्थानीय केही त्रसित भएका छन् ।

काठमाडौंका निजी विद्यालयले भने आज विद्यालय बन्द रहने खबर अभिभावकलाई पठाएपछि विद्यालय बन्द छन् ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ९ : ३१ बजे

त्रिविले नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र बनाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज अनुगमन तथा मूल्याङ्कन व्यवस्था

खुमबहादुर खड्कालाई झुठ्ठो मुद्दामा फसाइएको देउवाको दाबी

दाङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको