नेपाली चेली सन्तोषीले जितिन् अमेरिकी विश्व प्रसिद्ध ‘हार्वर्ड हिरो अवार्ड’ | Khabarhub Khabarhub

नेपाली चेली सन्तोषीले जितिन् अमेरिकी विश्व प्रसिद्ध ‘हार्वर्ड हिरो अवार्ड’


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मौका र अवसर प्राप्त हुँदा नेपाली कोही भन्दा कम छैनन् भन्ने गतिलो उदाहरण बनेकी छिन् नेपाली चेली– सन्तोषी बस्नेत ।

उनले आफूलाई अब्बल साबित गर्दै अमेरिकाको विश्व प्रसिद्ध हार्वर्ड विश्वविद्यालयले प्रदान गर्ने ‘हार्वर्ड हिरो-२०१९’ को उपाधि हात पारेकी छन् । विश्वविद्यालयले हरेक वर्ष प्रदान गर्ने हार्वर्ड हिरो प्राप्त गर्ने सन्तोषी पहिलो नेपाली चेली हुन् ।

हार्वर्ड ग्राजुएट स्कूल अफ एजुकेशनमा कार्यरत उनीसँगै १८ हजार कर्मचारीमध्ये ६१ जनाले यस्तो अवार्ड पाएका हुन् । सन्तोषी वित्त विभागमा लेखा सहायकका रुपमा कार्यरत छिन् ।

उनको कार्यसम्पादन मूल्याङ्कनलाई आधार मानेर सन्तोषीलाई उपाधि दिइएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयको स्यन्देर्स थियटर हलमा विश्वविद्यालयका प्रेसिडेन्ट लरेन्स एस बकवो ले सबै हार्वर्ड हिरोहरुलाई सम्मान तथा धन्यवाद दिंदै रात्री भोजको आयोजना समेत गरिएको थियो ।

काठमाडौं बत्तीसपुतली निवासी बुबा जनकमान सिंह बस्नेत र आम भगवती बस्नेतकी पहिलो सन्तान सन्तोषी सन् २००६ देखि अमेरिकाको बोस्टनमा बस्दै आएकी छिन् ।

सन् २०१३ मा “जोन्सन एंड वेल्स विश्वविद्यालय“ रोडआइलैंड बाट बिजनेस स्टडीजमा स्नातकोत्तर गरी हार्वर्ड छिरेकी सन्तोषी शिक्षालाई नै आफ्नो सबैभन्दा ठूलो धन मान्छिन् । हार्वर्ड पढ्ने सपना पूरा नभए पनि त्यहाँ काम गर्न पाउँदा र उत्कृष्ट कर्मचारी ठहरिंदा निर्क गर्ब महशुस भएको उनले बताएकी छिन् ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ८ : २५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन