१० वर्षअघिको यौनकाण्डले रोनाल्डोलाई छोडेन, फेरि शुरु भयो अनुसन्धान | Khabarhub Khabarhub

१० वर्षअघिको यौनकाण्डले रोनाल्डोलाई छोडेन, फेरि शुरु भयो अनुसन्धान


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोलाई उनका वकिलले बलात्कार आरोपबाट मुक्त गर्नकालागि तयार गरिरहेको समाचार बाहिरिएको छ ।

अभियोगकर्ता क्याथरन मेयोर्गाले इटलीमा रोनाल्डोको घर फेला पारेपछि यो प्रकरण थप पेचिलो भएको छ ।

१० वर्षअघि लस भेगासको होटलमा मेयोर्गामाथि आफुले यौनजन्य आक्रमण गरेको कुरालाई युभेन्टसका फर्वार्ड रोनाल्डोले अस्वीकार गर्दै आएका छन् ।

अमेरिकी प्रहरीले यो केसलाई पुन खोलेपछि मेयोर्गाका वकिलले पोर्चुगिज खेलाडीको ठेगाना खोजिरहेका थिए ।

मिरर अनलाइनका अनुसार म्यान्चेस्टर युनाइटेडका स्टारको तुरिन स्थित घर इटलिको सरकारी कार्यालयको रेकर्डमार्फत फेला परेको थियो ।

मेयोर्गाको टीमले प्रशासनीक कामका थालनी गर्ने र केही हप्ताभित्र कागजपत्र पठाइने जनाइएको छ ।

अमेरिकी न्यायधिशले गत महिना ३४ वर्षीय खेलाडीको ठेगाना खोजिको लागि प्रक्रिया थाल्न आदेश थिएका थिए ।

रोनाल्डोले २ लाख ९५ हजार पाउण्ड दिने सर्त राखेर होटलमा लगेर यौनकार्य गरेको तर रकम नदिएको आरोप मेयोर्गाले लगाएकी छिन् ।

सिरिए ए अन्तर्गत गत आइतवार फाइनल खेलेका युभेन्टसका स्टार रोनाल्डोले भने मेयोर्गाको आरोपलाई अस्वीकार गर्दै आएका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ५ : ३३ बजे

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

गोदार– धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।