१९६० को दशकसम्म ‘दरिद्र’ साउदी अरब कसरी बन्यो समृद्ध ? | Khabarhub Khabarhub

१९६० को दशकसम्म ‘दरिद्र’ साउदी अरब कसरी बन्यो समृद्ध ?



मध्यपूर्वको महत्त्वपूर्ण आर्थिक, राजनीतिक तथा धार्मिक केन्द्रको रुपमा रहेको साउदी अरबले लाखौं नेपालीलाई वैदेशिक रोजगारीको अवसर दिइरहेको छ ।

इस्लाम धर्मको उद्गमस्थलसमेत रहेको साउदी अरब विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल उत्पादनकर्ता मुलुक हो । मरुभूमिको बीचमा सन् १९६० को दशकसम्म पनि निकै नै दरिद्र मुलुकको रुपमा रहेको साउदी अरब अहिले भने त्यस क्षेत्रकै सबैभन्दा ठूलो आर्थिक, सैनिक तथा राजनीतिक शक्तिका रुपमा उदाएको छ ।

सन् १९०२ मा रियाद शहर कब्जा गरी इब्न साउद नामक शासकले शासन शुरु गरे । अरबको विशाल भूभाग अझै पनि ओटोमन साम्राज्यको नियन्त्रणमा रहेका बेला पहिलो विश्वयुद्धमा ओटोमन साम्राज्य पराजित गरेपछि इब्न साउदले नज्द र हेजाज क्षेत्रमा आफ्नो नियन्त्रण विस्तार गरी आधुनिक साउदी अरब भन्ने मुलुकको स्थापना गरे । बीच मरुभूमीमा अवस्थित रहेकाले त्यहाँ त्यस्तै ठूलो आर्थिक गतिविधी भने हुने गरेको थिएन ।

साउदी अरब मध्यपूर्वको एक शक्तिशाली आर्थिक, धार्मिक तथा सैनिक शक्तिका रुपमा उदाएको छ भने साउदी अरबको प्रभाव पनि दिन प्रतिदिन बढ्दो छ

पहिलो विश्वयुद्धको समयमा नै अरबमा विशाल तेल भण्डार रहेको संकेत मिलेको थियो । बेलायत र फ्रान्सले अरबमा तेलको सम्भावित खोजीलाई तिब्रताका साथ अघि बढाइरहेका थिए । यद्यपि अमेरिकासँग भएको सम्झौताअनुसार त्यहाँ अमेरिकी कम्पनीहरुले तेल उत्खननको काम शुरु गरे । बदलामा अमेरिकाले साउदी अरबका राजाको सार्वभौमिकताको रक्षा गर्न तयार भयो ।

त्यसपछि एकपछि अर्को गरी साउदी अरबमा तेल खानी पत्ता लाग्न थाल्यो । सन् १९४३ मा तत्कालिन अमेरिकी राष्ट्रपति फ्राङ्कलिन डिलानो रुजवेल्टले तत्कालिन साउदी नरेश अब्दुलाजिज इब्न साउदसँग रणनीतिक सम्झौता गरी अमेरिकाले हरतरहबाट साउदी अरबको रक्षा गर्ने तथा साउदी अरबलाई सहयोग गर्ने गरी सुरक्षाको बदला तेल नामक नीतिमा आधारित रहेर एक सहमती गरे ।

इजिप्टको विशाल नुनीलो तालमा अमेरिकी नौसैनिक पानीजहाज युएसएस क्विन्सीमा गरिएको उक्त सम्झौताबाट अमेरिका तथा अमेरिकी साझेदार मुलुकहरुका लागि तेलको संकट कम हुने भयो भने सार्वभौम मुलुकका रुपमा साउदी अरबको अस्तित्वले निरन्तता पाउने भयो । दोश्रो विश्वयुद्धको समयमा आफ्नो युद्ध साम्मथ्र्यलाई अघि बढाउन अमेरिकालाई साउदी अरबको तेलले धैरै ठूलो सहयोग गर्यो । सोही सम्झौता अनुसार आजपर्यन्त अमेरिका र साउदी अरब मध्यपूर्वमा निकै नै महत्वपूर्ण साझेदार मुलुकको रुपमा रहेका छन् ।

सन् १९६० को दशकसम्म साउदी अरबको ठूलो जनसंख्या मरुभूमिमा उँट चराएर घुमन्ते जीवन निर्वाह गर्दै आएका थिए । तर त्यसयता एशियाली, युरोपेली मुलुकमा तीब्र आर्थिक विकास भएसँग तेलको माग बढेदै जान थाल्यो भने साउदी अरबले यसलाई गतिलो मौकाका रुपमा सदुपयोग गर्दै भारी मात्रामा तेलको निर्यात गरी आफ्नो अर्थतन्त्रलाई गति दिन थाल्यो । यसै अनुसार साउदी अरबले गरेको तीब्र आर्थिक विकासका कारण अब कुनै समय साउदीहरु मरुभूमिमा उँट चराएर जीवन निर्वाह गर्थे भन्दा पत्याउन गाह्रो पर्ने अवस्था छ । साउदी नागरिकको अवस्थामा कायापलट नै भइसकेको छ । साउदी अरब मध्यपूर्वको एक शक्तिशाली आर्थिक, धार्मिक तथा सैनिक शक्तिका रुपमा उदाएको छ भने साउदी अरबको प्रभाव पनि दिन प्रतिदिन बढ्दो छ ।

सो क्षेत्रको महत्वपूर्ण साझेदार मुलुक भएकाले अमेरिका र अमेरिकाको साझेदार मुलुकहरुले साउदी अरबलाई हरतरहबाट सहयोग गर्दै नै आएका छन् । यद्यपि पछिल्लो समय कट्टर इस्लामिक मान्यतामा स्थापित साउदी अरबको कानूनहरु निकै नै कठोर रहेको भन्दै आलोचना भने बढ्दै नै गएको छ ।

साउदी अरबले तेल बेचेर आएको पैसालाई विभिन्न उत्पादनमुलक तथा जनताको परोपकारका क्षेत्रमा लगानी गर्दै आएको छ

साउदी अरबमा भेनेजुएलापछि संसारकै दोश्रो ठूलो तेलको भण्डार रहेको पत्ता लागिसकेको छ । साउदी अरब विश्वको दोश्रो ठूलो तेल उत्पादनकर्ता मुलुक पनि हो । साउदी अरबको कुल ग्राहस्थ उत्पादनको ठूलो हिस्सा पनि प्राकृतिक तेलले नै ओगटेको छ । त्यसबाहेक साउदी अरबको सरकार सञ्चालिक तेल कम्पनी आराम्को विश्वको सबैभन्दा धेरै नाफा कमाउने कम्पनीमा गनिन्छ ।

साउदी अरबले तेल बेचेर आएको पैसालाई विभिन्न उत्पादनमुलक तथा जनताको परोपकारका क्षेत्रमा लगानी गर्दै आएको छ । यही तेलबाट आएको आयले साउदी अरबले विभिन्न पूर्वाधारको निर्माण तथा अन्य आर्थिक गतिविधिका क्षेत्रमा लगाउँदै आएको छ । साउदी अरबमा करिब २ करोड साउदी नागरिक रहेको अनुमान छ ।

नेपालसँगै तुलना गर्दा पनि २१ लाख ५० हजार वर्गकिलोमिटर भन्दा धेरै अर्थात् नेपालभन्दा १४ गुणाभन्दा बढी क्षेत्रफल रहेको मुलुक साउदी अरबको जनसंख्या भने नेपालभन्दा पनि थोरै छ । सोही कारण साउदी अरबले आफ्नो मुलुकको विकासका लागि योगदान दिन नेपालसहितका विदेशी नागरिकलाई आप्रवासी कामदारका रुपमा भित्र्याउने गरेको छ ।

साउदी अरबमा बसोबास गर्ने ३ करोड भन्दा धेरै मानिसमध्ये एक तीहाई जनसंख्या त आप्रवासी कामदारको मात्र छ । यसकारण नेपालजस्तै भारत, पाकिस्तान, बंगलादेश, फिलिपिन्स, भियतनामजस्ता मुलुकले हरेक वर्ष ठूलो संख्यामा रेमिट्यान्सका नाममा आफ्नो मुलुकलाई योगदान समेत दिने गरेका छन् ।

हाल साउदी अरब कुल ग्राहस्थ उत्पादनका आधारमा विश्वको १९ औं ठूलो मुलुक हो । यहाँको कुल ग्राहस्थ उत्पादनको ठूलो हिस्सा पेट्रोलियम पदार्थ, पेट्रोकेमिकल्स तथा यस्तै पेट्रोलजन्य क्षेत्रले ओगटेको छ । साँच्चै भन्दा यहाँको अर्थतन्त्र तेलजन्य क्षेत्रमा नै आधारित छ । र, अमेरिकासहितका बजारमा साउदी तेल निर्यात भइरहँदा यहाँको अर्थतन्त्र पनि यसैगरी सञ्चालन भइरहने छ ।

यद्यपि पछिल्ला केही समययता तेललाई विस्थापित गरी नयाँ हरित उर्जाको प्रयोग गरिनुपर्ने आवाज पनि उठ्दै गएका छन् । तर, विश्वका महत्वपूर्ण उद्योगहरु प्राकृतिक तेलमा नै निर्भर रहेकाले निकट भविष्य मै तेलजन्य उर्जा प्रयोगबाट हटीहाल्ने अवस्था भने देखिँदैन । सोही कारण साउदी अरबले अझै लामो समयसम्म तेलका माध्यमबाट नै आफनो अर्थतन्त्रलाई निरन्तरता दिने देखिन्छ ।

त्यसबाहेक कट्टर इस्लामिक मान्यतामा मुलुकको स्थापना भएर सोही अनुसारको कानून रहेको मुलुकमा हरेक वर्ष सयौंलाई मृत्युदण्ड दिने गरिएको छ भने मुलुकमा निरंकुश शासन रहेको भन्दै साउदी राजसंस्थाको आलोचना समेत हुने गरेको छ ।

केही समयअघिसम्म मात्र महिलाहरुलाई त्यहाँ सवारी चलाउने अनुमति थिएन । यस्ता कारणले गर्दा विश्वभरका मानिसमा साउदी अरब प्रतिको छवि सकारात्मक बन्न सकेको छैन । तर, पछिल्लो समय साउदी अरबको सत्तामा युवा उमेरका युवराज मोहम्मद बिन सलमानको पकड बलियो बन्दै गएपछि भने साउदी अरब अब चाहीँ आधुनिकीकरणको दिशामा अघि बढ्ने हो की भन्ने आशा बढ्दै गएको छ । साउदी अरबले आफ्नो आर्थिक समृद्धी कै स्तरमा सामाजिक क्षेत्रमा पनि सुधार गर्दै गएमा साउदी अरब साँच्चै नै विश्वका लागि उदाहरण नै बन्ने छ ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ४ : ४८ बजे

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका