नेपालको बाटो अवरुद्ध हुनेगरी भारतले सडक खन्दा तिङ्कर जान पाएनन् नेपाली सुरक्षाकर्मी | Khabarhub Khabarhub

नेपालको बाटो अवरुद्ध हुनेगरी भारतले सडक खन्दा तिङ्कर जान पाएनन् नेपाली सुरक्षाकर्मी


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– नेपाल, भारत र चीनको त्रिदेशीय नाका ब्यास गाउँपालिकाका स्थानीय बसाइँसराइ गरेर गाउँपुगेपनि स्थानीय भन्दा पहिला पुग्नुपर्ने सुरक्षाकर्मी भने अझै पुग्न सकेका छैनन् ।

छागरु र तिङ्करका स्थानीयवासी झण्डै एक सातासम्म भारतीय बाटो भएर गाउँ पुगेका हुन् ।

गत मङ्सिरमा स्थानीयवासी खलङ्गा बसाइँ सरेपछि त्रिदेशीय नाका तिङ्कर र नेपाल–भारत जोड्ने सीमा सीतापुलमा रहेका प्रहरी अहिले पनि ब्यास–२ दुम्लीङमै छन् ।

छ महीना राज्यको उपस्थिति रहने उक्त स्थानमा रुपमा रहने नेपाल प्रहरी छाङ्गरु र तिङ्कर उक्लिन सकेको छैन् । नेपाली सुरक्षाकर्मी छाङ्गरु र तिङ्कर पुग्न नेपालतिर बाटो छैन । स्थानीयवासीले भारतीय अनुमति लिएर बाटो प्रयोग गरे पनि हतियारसहित जानुपर्ने प्रहरीले भारतीय बाटो प्रयोग गर्न मिल्दैन ।

गतवर्ष गाउँपालिकाले आफ्नै लगानीमा छाङ्गरु र तिङ्कर जाने गोरेटो बाटो निर्माण गरेको भएपनि भारतले सीमा क्षेत्रमा बनाइरहेको सडकका कारण नेपालतिरको बाटो पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

भारतले कालापानी जाने सडक महाकाली किनारै किनार निर्माण गरिरहेको छ ।

ब्यास–२ तम्बाकुदेखि बुदिसम्मको क्षेत्रमा नेपालतिरको बाटो पूर्ण रुपमा अवरुद्ध छ । बाटो नभएकै कारण अहिले नेपाल प्रहरीले ब्यासको छाङ्गरु तथा तिङ्कर पूरै उक्लिन नपाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले बताउनुभयो । उहाँका अनुसार केही प्रहरीलाई मात्रै सितापुल पठाइएको छ ।

प्रहरीले रासन हातहतियारसहित माथि जाने अवस्था नभएपछि यही जेठ १ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले हेलिकप्टर माग गर्ने निर्णय गरेको थियो । सितापुलमा सुरक्षाकर्मी पुर्‍याउन सदरमुकाम खलङ्गाबाट हेलिकप्टरमार्फत नेपाल प्रहरी पठाउने तयारी छ ।

नेपाली सेनाको हेलिक्पटरमार्फत सुरक्षाकर्मी सितापुल लगिने बताइए पनि हेलिकप्टर आउन सकेको छैन । हेलिकप्टर आउन अझै चार पाँच दिन लाग्ने जानकारी आएको प्रहरी निरीक्षक बोहराले जानकारी दिए ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  १ : २७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०