अनियमितताको आरोपमा नेपाली सेनाका प्रमुख सेनानी कार्की बर्खास्त | Khabarhub Khabarhub

अनियमितताको आरोपमा नेपाली सेनाका प्रमुख सेनानी कार्की बर्खास्त


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपाली सेनाको प्रमुख सेनानी केशवराज कार्की बर्खास्त भएका छन् ।

उदयपुरस्थित कालिसिद्धी गणमा प्रमुख सेनानीका रुपमा कार्यरत कार्की आर्थिक अनियमिततामा मुछिएपछि बर्खास्त भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

आर्थिक अनियमितता गरेको उजुरीपछि जनरल समरी सैनिक अदालतले उनलाई दोषी ठहर गर्दै सेवाबाट बर्खास्त गरी ३ महिना कैद र अनियमितता भए विगोबमोजिमको जरिवाना समेत तिर्न आदेश गरेको हो । कार्कीलाई केन्द्रीय कारागार चलान गरिएको छ ।

कार्की कालिसिद्धी गणमा रहँदा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको रकम अनियमितता भन्दै वैशाख पहिलो साता उजुरी परेको थियो ।

उजुरीपछि गठन भएको ‘कोर्ट अफ इन्क्वाइरी’ले प्रमुख सेनानी कार्कीमाथि ‘कोर्ट मार्सल’ का लागि सिफारिस गरेको थियो । जसको आधारमा २३ वैशाखमा समरी जनरल सैनिक अदालत गठन भएको थियो । कार्कीले समरी अदालतको आदेश चित्त नबुझे विशेष अदालतमा पुनरावेदन दिनसक्ने व्यवस्था छ ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  १ : २० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६