लिफ्टबाट पानी तानेर ७५ घरलाई खानेपानी | Khabarhub Khabarhub

लिफ्टबाट पानी तानेर ७५ घरलाई खानेपानी


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बलेनिका ७५ घरलाई लिफ्ट प्रणालीमार्फत् खानेपानी वितरण गरिएको छ । सुनकोशी नदीको पानी लिफ्टबाट तानेर बलेनीका वासिन्दालाई खानेपानी वितरण गरिएको हो ।

गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा छुट्याएको २५ लाखले लिफ्ट निर्माण गरिएको हो । थ्री एचपी को मोटरबाट तानिएको पानी १ लाख ८ हजार घनमिटरको ट्याङ्कीमा जम्मा गरेर अहिले खोनपानी वितरण गरिएको छ । एक घर एक धारा सरकारको लक्ष्यअनुरुप त्यस क्षेत्रमा खानेपानी वितरण गरिएको गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष पुरुषोत्तम श्रेष्ठले जानकारी दिए ।

२०७२ गोरखा केन्द्रविन्दु भएर गएको शक्तिशाली भूकम्पले खानेपानीको मुहान सुक्दा खानेपानीको हाहाकार भएको स्थानीय गोपाल मङ्ग्रातीले बताए ।

गाउँमा खानेपानीको स्रोत नभएपछि वर्षाको समयमा आकाशे पानी तथा हिउँदमा दुई घण्टासम्म लगाएर पानी खोज्न जानुपर्ने बाध्यता हटेको स्थानीय अप्सरा बसेलले बताइन । सुनकोशीबाट ५ सय मिटरको उचाइमा लिफ्टबाट त्यस क्षेत्रका स्थानीयलाई खानेपानी वितरण गरिएको लिफ्ट खानेपानी उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  १० : ४७ बजे

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो