खबरहबको झण्डा सर्वोच्च शिखर सगरमाथामा | Khabarhub Khabarhub

खबरहबको झण्डा सर्वोच्च शिखर सगरमाथामा


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खबरहब डटकमको झण्डा सर्वोच्च शिखर सगरमाथामा फरफराएको छ । अनुभवि पर्वतारोही तथा ख्यातिप्राप्त पर्वतारोहण गाइड जाङ्गबु शेर्पाले पेभेलियन मिडिया ग्रुपद्वारा सञ्चालित खबरहब डटकमको झण्डा जेठ १ गते सर्वोच्च शिखर सगरमाथामा पुर्‍याएका हुन् । शेर्पाले आफ्नो १६ औ आरोहणका क्रममा नेपालको राष्ट्रिय झण्डा र खबहरबको झण्डा सर्वोच्च शिखरमा फरफराएका हुन् ।

शेर्पालाई गते वैशाख १० गते पेभेलियन मिडिया ग्रुपका अध्यक्ष नरेश श्रेष्ठले खबरहबको झण्डा सर्वोच्च शिखरमा पुर्‍याउन हस्तानान्तरण गरेका थिए । शेर्पाले सगरमाथाको चुचुरोसँगै सगरमाथाका अन्य ५ आधार शिविरमा पनि खबरहबको झण्डा पुर्‍याएका छन् ।

हाल पर्वतारोहणसम्बन्धी गाइड तथा पर्वताराहीको काम गर्दै आएका शेर्पा भारतीय आरोहण दललाई लिएर सगरमाथाको चुचुरोमा पुगेका हुन् । उनले जीवनमा पहिलोपटक सन् २००३ मा सगरमाथाको आरोहण गरी नेपालका राष्ट्रिय झण्डालाई शिखरमा गाडेका थिए ।

त्यसयता उनले हरेक वर्ष सगरमाथाको आरोहण गर्दै आएका छन् । उनले अन्य पर्वतारोही तथा साहसी पर्यटकलाई पनि पर्वतारोहण सम्बन्धी तालिम तथा गाइडको रुपमा सहयोग गर्दै आएका छन् ।

उनले नेपाली र तिब्बती गरी दुबै मोहोडाबाट सगरमाथाको शिखरमा पुगेका छन् । उनले तिब्बती मोहोडाबाट मात्रै सन् २००६ देखि सन् २०१२ सम्म ६ पटक सगरमाथाको सफल आरोहण गरेका थिए ।

सेप्टेम्बरको महिनामा हिमालय क्षेत्रमा हिउँको मात्रा ज्यादा हुने तथा मे महिनामा कम हुने भएका ले मे महिनाको सिजनमा सगरमाथा आरोहण गर्न ठूलो संख्यामा पर्वतारोहीको घुईँचो लाग्ने गरेको छ ।

सरकारले पर्वतारोहणको माध्यमबाट आर्जन गरिरहेको भन्दै उनी सरकारलाई सगरमाथा क्षेत्रको व्यवस्थापनमा ध्यान पुर्याउन आग्रह गर्छन् । सरकारले खासगी नेपालतर्फको दक्षिणी मोहोडाअन्तर्गत सगरमाथा आधार शिविरदेखि हिलारी स्टेप सम्मको क्षेत्रलाई बढी ध्यान दिनुपर्ने उनको भनाइ छ ।

सगरमाथाको आरोहणको वषौंको अनुभव संगालेका उनले सरकारी बेवास्ता र अव्यवस्थाका कारण सगरमाथासहित हिमाली क्षेत्रको अवस्था बिग्रिदै गएको भोगिरहेका छन् ।

तिब्बती मोहोडातर्फ चीनले त्यसतर्फको स्थानीय भाषामा चोमोलोङमा भनिने सगरमाथाको व्यवस्थापनमा ध्यान दिइरहेको भन्दै नेपाली मोहोडामा चाहीँ त्यस्तो हुन नसकेको उनी सुनाउँछन् । नेपाली मोहोडातर्फको आधार शिविरमा सरकारी अधिकारीहरु उपस्थितीविहीन रहेको उनको भनाइ छ ।

त्यस्तै, सगरमाथा क्षेत्रमा पर्वतारोहणका क्रममा आवश्यक पर्ने स्वास्थ्य उपचार, उद्धार टोली र पहिलोपटक सगरमाथा चढ्न जानेहरुका लागि तालिम दिने शेर्पाहरुको अभाव, आरोहण गर्ने र तल झर्ने बाटोको स्पष्ट पहिचान नभएकाले बाटोमा आरोहीहरुको धेरै घुइँचो हुनु, फोहोर व्यवस्थापन नहुनुजस्ता विभिन्न समस्या रहेको उनले बताए ।

सगरमाथा क्षेत्रमा श्वास फेर्न मिल्ने अक्सिजन समुद्र सतहमा भन्दा एक तिहाईमात्र हुन्छ । शेर्पाका अनुसार आरोहीले अक्सिजनको सिलिण्डर प्रयोग गरेको वा नगरेको कुनै पनि अवस्थामा कुनै पनि बेला अक्सिजनको कमीका कारण स्वास्थ्यमा समस्या पर्न सक्छ ।

यस्तो समयमा तुरुन्तै स्वास्थ्य सहायताको आवश्यक पर्न जान्छ । तर, शेर्पाले जनाएअनुसार सो क्षेत्रमा कुनै पनि वैकल्पिक व्यवस्था छैन न त भैपरी आउने अवस्थाका लागि कुनै किसिमको उद्धार तथा हेलिकोप्टर सेवाको व्यवस्था छ ।

सगरमाथा आरोहीहरु खाना र शुद्ध पिउने पानीको अभावमा रहेका हुन्छन् । सो क्षेत्रको पानीमा दिसा, पिसाब तथा यस्तै मानिसको फोहोर मिसिएको हुन्छ । यस्तो देखेपछि आरोहीहरु हतास हुने र शारीरिक रुपमै बिमारी पर्ने गर्छन् ।

त्यसबाहेक त्यस क्षेत्रमा मृत आरोहीका शव पनि त्यसै रहिरहेका हुन्छन् भने पानीको बोतल, पालजस्ता फोहोर पनि त्यत्तिकै फालिएको हुन्छ । यसबारे पनि चासो दिन जाङगबुले सरकार समक्ष आग्रह समेत गरे ।

त्यस्तै, शेर्पाले सगरमाथाको आधार शिविरबाट सगरमाथाको शिखरसम्म पुग्न र फर्कन कम्तीमा ७ दिनको समय लाग्ने भएकाले केही आरोहीहरुले निकै मानसिक रुपमा अस्थीर व्यवहार देखाउने गरेको समेत सुनाए ।

आरोहणका क्रममा राति नसुती जागै बस्नुपर्ने चुनौति पनि हुने र त्यस क्षेत्रमा अक्जिनको अभाव र तीब्र गतिमा बहन हावाका कारण आरोहीहरु मानसिक रुपमा विच्छिप्त भएर आत्महत्या गर्नतर्फ समेत अग्रसर हुने गरेको उनी सुनाउँछन् ।

यस्ता आपतको समयमा समेत उद्धारको कुनै व्यवस्था नभएकोमा उनी असन्तुष्ट छन् । यद्यपि उनले सगरमाथाको समस्यालाई गम्भिर चासो दिएर सरकारले यसबारे कदम चाल्ने आशा गर्न भने छाडेका छैनन् ।

यसैबीच खबरहबको झण्डा सगरमाथाको शिखरमा पुर्‍याएकोमा खबरहब र पेभेलियन मिडिया ग्रुपले शेर्पालाई सम्मान गरेको छ ।

खबरहबका अध्यक्ष नरेश श्रेष्ठले पेभेलियन मिडिया हलमा आयोजित कार्यक्रममा शेर्पालाई बधाई दिँदै सम्मान गरेका हुन् ।

समारोहमा बोल्दै शेर्पाले भने विश्वको सर्वोच्च शिखर सगरमाथा जलवायु परिवर्तनका कारण चाँडै पग्लिरहेको भन्दै चिन्ता व्यक्त गरे ।

 

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ८ : २३ बजे

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै