मुगुमा विप्लव समूहका दुई जिल्ला कमिटी सदस्य पक्राउ | Khabarhub Khabarhub

मुगुमा विप्लव समूहका दुई जिल्ला कमिटी सदस्य पक्राउ


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको नेकपालाई प्रतिबन्द्ध लगाएसँगै जिल्लाका सो समूहका दुई जिल्ला कमिटी सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सोरुकोटले सो समूहका जिल्ला कमिटी सदस्य सोरु गाउँपालिका–६ का ३६ वर्षीय राजबहादुर भाम (उदय) र खत्याड गाउँपालिका–११ का ४३ वर्षीय गोकर्ण शाही (आकर्षण) लाई इलाका प्रहरी कार्यालय रातापानीले पक्राउ गरेको हो ।

भामलाई वैशाख जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक मुद्दा दर्ता गराई अनुसन्धानको प्रक्रियामा प्रहरी हिरासतमा राखिएको छ । वैशाख ११ गते खत्याड गाउँपालिका–११ को खत्याड खोलाबाट शाहीलाई फक्राउ गरेको थियो ।

शाहीको स्वास्थ्य परीक्षण गराई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक लालबहादुर ऐरले जानकारी दिए ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ७ : ३६ बजे

प्रधानमन्त्रीसँगको भेटमा झलनाथ खनालले के भने ?  

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ

६ वर्षमा वाणिज्य बैंकका शाखा कार्यालय २ हजारले बढे

काठमाडौँ– पछिल्लो ६ वर्षको समयमा वाणिज्य बैंकहरुको शाखा २ हजारको

आज चैते दसैँ पर्व मनाइँदै

काठमाडौँ– आज चैते दसैँ पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दु

आज सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु हुँदै

काठमाडौँ– वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा आज सुरु

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै