कतारका राजदूत कोइरालालाई फिर्ता बोलाइयो | Khabarhub Khabarhub

कतारका राजदूत कोइरालालाई फिर्ता बोलाइयो


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कतारका लागि नेपाली राजदूत रमेश कोइरालालाई फिर्ता बोलाएको छ । विहीबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजदूत कोइरालालाई फिर्ता बोलाउने निर्णय भएको जानकारी दिएका छन् ।

कतारमा रहेका नेपाली श्रमिकको हकहितमा काम नगरेको आरोप राजदूत कोइरालामाथि लाग्दै आएको थियो । सरकारले राजदूत कोइरालालाई आवश्यकता महशुस भएका कारण फिर्ता बोलाएको मन्त्री बाँस्कोटाले जानकारी गराए ।

हालसम्म कतारमा बसेर कुटनीतिक सहयोग गरेका राजदूत कोइरालालाई सरकारका तर्फबाट मन्त्री बाँस्कोटाले धन्यवाद समेत दिएका छन् । कोइरालालाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले राजदूत बनाएर कतार पठाएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ४ : ५० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६