श्रमिक नपाउँदा पुनर्निर्माणमा ढिलाइ, प्राधिकरणबाट तालिम लिएका युवा ‘गायब’ ! | Khabarhub Khabarhub

श्रमिक नपाउँदा पुनर्निर्माणमा ढिलाइ, प्राधिकरणबाट तालिम लिएका युवा ‘गायब’ !


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०७२ वैशाख १२ गतेको भूकम्पका कारण ध्वस्त भएका संरचना अझै निर्माण भइसकेका छैनन् । चार वर्ष पूरा हुँदा पनि पुनर्निर्माणको काम सम्पन्न भएको छैन ।

पुनर्निर्माण सम्पन्न नहुनुको एक प्रमुख कारण श्रमिकको अभाव रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

पुनर्निर्माणका लागि आवश्यक श्रम जनशक्ति नहुँदा निर्माणकार्य समयमा सम्पन्न गर्न मुश्किल भइरहेको प्राधिकरणको दाबी छ ।

पुनर्निर्माण प्राधिकरणका अनुसार अति भूकम्प प्रभावित जिल्लाहरुमा त काम गर्ने श्रमिकको अभाव रहेको छ ।

देशभित्र रोजगारीको अवसर नपाएको भन्दै दैनिक ७ सयभन्दा धेरै युवायुवती वैदेशिक रोजगारीमा गइरहेका छन् । तर, देशभित्र भने निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको अभाव देखिएको छ । देशभित्र श्रमिकको अभाव भएपछि विदेशबाट दैनिक ५ देखि ७ सय श्रमिक ल्याएर पुनर्निर्माणको काम गर्नुपर्ने अवस्था रहेको छ । हाल भारतीय र बंगलादेशी कामदारले नेपालमा भूकम्पले भत्किएको संरचनामा श्रम गरिरहेका छन् ।

भूकम्पले ध्वस्त बनाएका क्षेत्रमा पुनर्निर्माणको काम गर्ने धेरै ठुलो जनशक्तिको माग रहेको प्राधिकरणका उप–सचिव तथा सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।

गएको ४ वर्षमा प्राधिकरकणले पुनर्निर्माणलाई लक्षित गरेर विभिन्न शीर्षकमा तालिम सञ्चालन गरेको थियो । तर, प्राधिकरणबाट तालिम लिएका श्रमिक पुनर्निर्माणको काम सामेल भएनन्

पुनर्निर्माण भइरहेको र बाँकी कामका लागि वार्षिक ७ लाखभन्दा धेरै श्रमिक आवश्यक पर्ने प्राधिकरणका सहप्रवक्ता घिमिरेले बताए । ‘हाल पुनर्निर्माण क्षेत्रमा भारतीय र बंगलादेशका श्रमिक धेरै छन् । उनीहरुकै भरमा पुनर्निर्माणको काम भइरहेको छ’ सहप्रवक्ता घिमिरेले भने,‘ गाँउमा त झन् काम गर्ने श्रमिक नै नपाउने अवस्था रहेको भूकम्पपीडितले गुनासो गर्ने गरेका छन् । एउटै श्रमिकले तीन वटासम्म काम गरिरहेका छन् ।’

सहप्रवक्ता घिमिरेका अनुसार पुनर्निर्माणका लागि दक्ष श्रमिक आन्तरिक श्रम बजारमा अभाव भएको हो । जसका कारण विदेशी श्रमिकका भरमा सम्पदा लगायतको पुनर्निर्माण गर्नुपर्ने अवस्था बनेको छ ।

जसका लागि चीन र भारतबाट धेरै तलब दिएर कामदार नेपाल ल्याउनुपर्ने बाध्यता रहेको छ ।

गएको ४ वर्षमा प्राधिकरकणले पुनर्निर्माणलाई लक्षित गरेर विभिन्न शीर्षकमा तालिम सञ्चालन गरेको थियो । तर, प्राधिकरणबाट तालिम लिएका श्रमिक पुनर्निर्माणको काम सामेल भएनन् । तालिम लिएका युवा कहाँ छन् भने विषयमा प्राधिकरण नै बेखबर छ ।

४ वर्षको अवधिमा विभिन्न सस्थामाफर्त करिब ८० हजार युवाले पुनर्निर्माणका लागि तालिम लिएको प्राधिकरणको तंथ्याकमा छ । प्राधिकरणबाट तालिम लिएका युवा प्राय वैदेशिक रोजगारीमै गएको हुनसक्ने अनुमान प्राधिकरणको छ ।

भूकम्पपछि पुनर्निर्माणका लागि सरकारले ७ लाख ६२ हजार ३ सय ७ घरपरिवारसँग अनुदान सम्झौता गरेको थियो । जसमा निजी आवास तर्फ पुनर्निर्माणको काम ८० प्रतिशत भएको प्राधिकरणले जनाएको छ । त्यस्तै ६ लाख १२ हजार ९ सय ३५ घर पुनर्निर्माणको प्रकियामा रहेको प्रधिकरणको तथ्यांक रहेको छ । प्रधिकारणसँग अनुदान सम्झौता गरेमध्ये ५० प्रतिशत अर्थात ३ लाख ८२ हजार २ सय ७७ घरपरिवारले घर निर्माण सम्पन्न गरेका छन् । बाँकी २ लाख ३० हजार ६ सय ५ परिवार घर निर्माणको क्रममा रहेको प्रधिकरणले जानकारी दियो ।

आवाससहित सम्पदाको पुनर्निर्माण सम्पन्न गर्ने अझै सात लाखभन्दा धेरै श्रमिकको आवश्यकता पर्ने अनुमान प्राधिकरणको छ ।

सरकारले यसअघि पुनर्निर्माण तथा पुनःस्थापना लागि ९ खर्ब ३८ अर्ब खर्च लाग्ने अनुमान गरेको थियो । त्यस्तै, पुनर्निर्माणका लागि ३ खर्ब ४३ अर्ब सहयोगको प्रतिबद्धता आएपनि जम्मा २ खर्ब ६२ अर्ब रुपैयाँको मात्र सम्झौता भएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले हालसम्म ३ खर्ब ८७ अर्ब रुपैयाँ पुनर्निर्माणमा खर्च गरिसकेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गत मंगलबार पत्रकार सम्मेलन गरी अझै ४ खर्ब २९ अर्ब रुपैयाँ पुनर्निर्माणको बाँकी काम सम्पन्न गर्न बजेट आवश्यक पर्ने अनुमान गरिएको जानकारी दिएका थिए ।

२०७२ बैसाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर ७.६ म्याग्निच्युडको भूकम्प गएको ४ वर्ष पुरा भएर ५ वर्ष लागेको छ । ४ वर्षअघि गएको भूकम्पमा करिब ९ हजारले ज्यान गुमाएका थिए । भूकम्प गएपछि सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेर भौतिक संरचना पुनर्निर्माण गर्ने योजनाअघि सारेको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ४ : ३० बजे

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारलाई इन्टरनेटमा सहुलियत

प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारहरूलाई

‘निर्वाचन प्रणालीमै सुधार हुनुपर्छ, व्यथा एकातिर औषधि अर्कातिर भयो’

मसल र मनिको प्रभाव राजनीतिमा निर्णायक बन्दै गएपछि निष्ठाको राजनीति

भारतीय चुनाव आयोगले सोध्यो प्रधानमन्त्री मोदी र राहुल गान्धीसँग स्पष्टीकरण 

भारतको केन्द्रीय चुनाव आयोगले प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता

स्याउका बोटमा फूल लाग्न थालेपछि बगैंचा सेताम्मे

जुम्ला– यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा

पाँच वर्षभित्र तीन क्षेत्रमा ११४ खर्ब लगानी

काठमाडौं – सरकारले अर्थतन्त्रका तीन क्षेत्रमा आगामी पाँच वर्षभित्र १