भूकम्पले भत्किएको प्रसूति गृहको पुनःनिर्माण, यस्तो बन्यो नयाँ भवन | Khabarhub Khabarhub

भूकम्पले भत्किएको प्रसूति गृहको पुनःनिर्माण, यस्तो बन्यो नयाँ भवन


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– भूकम्पले भत्किएको थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको नयाँ भवन निर्माणको काम अन्तिमम चरणमा पुगेको छ ।

१२ वैशाख २०७२ को भूकम्पले २ सय ७० वेडको भवन भत्किएको थियो । भूकम्पले भत्किएको भवनको जापान सहयोग नियोग ( जाइका) को १ अर्ब २३ करोडको अनुदानमा पुन:निर्माण शुरु गरिकएको थियो ।

३ तला रहेको नयाँ भवनको निर्माण कार्य सम्पन्न भएको भवनभित्र अस्पतालका लागि चाहिने उपकरणहरु जडानको कार्य शुरु भएको अस्पतालकी प्रसासन प्रमूख रानु थापाले बताइन् । भवन निर्माण कार्य अन्तिम चरणमा रहको उनको भनाइ छ । पुन:निर्माण सम्पन्न गरी जेठ भित्रै जाइकाले अस्पताललाई भवन हस्तान्तरण गरिसक्ने थापाले जानकारी दिइन् ।

‘अस्पतालको धेरै शय्या भएको भवन ७२ सालको भूकम्पले भत्कायो, जाइकाको सहयोगमा भवन पुनः निर्माण भइरहेको छ । भवन निर्माण लगभग सम्पन्न भएको छ, अब हस्तान्तरण हुने क्रममा छ,’ थापाले भनिन्, ‘जेठ महिनाभित्रै नयाँ भवन संचालनमा आउँछ ।’ नयाँ भवनमा आकस्मिक कक्ष, लेवर रुम, बर्थिङ सेन्टर, एनआईसीयू, एमआईसीयू वेडहरु रहने थापाको भनाइ छ ।

२०७२ सालमा भूकम्पले भवन भत्किएपछि अस्पतालमा सेवा लिन आउने बिरामीलाई गुणस्तरिय सेवा दिन समस्या भइरहेको थापाले बताइन् ।

४ सय १५ शय्या संचालनको स्वीकृती पाएको अस्पतालले भूकम्पले भवन भत्किएपछि ३ सय ५० शय्या मात्रै सञ्चालन गरेको छ ।

भूकम्पले भवन भत्किनुअघि एउटा शय्याबाट वार्षिक ६१ जनाले सेवा लिएकोमा शय्या अभावका कारण अहिले एउटा शय्याबाट वार्षिक ८२ जनाले सेवा लिनुपर्ने बाध्यता छ ।

अस्पतालमा प्रयाप्त शय्या नहुँदा लेवर रुम र मातृ तथा वनजात शिशु केन्द्रबाट डेलिभरी भएको २ घण्टामा सम्बन्धित वर्डमा सुत्केरी आमा र शिशुलाई स्थानान्तरण गर्नुपर्ने भएपछि समयमा पठाउन नसकिने र अन्य बिरामीलाई समेत समयमा सेवा प्रवाह गर्न असर परिरहेको अस्पतालले जनाएको हो । शय्याअभावमा अस्पतालले सुत्केरीलाई प्यासेज मै राखेर समेत सेवा दिने गरेको छ ।

अस्पतालको नयाँ भवन छिट्टै हस्तान्तरण हुने भन्दै नयाँ भवनमा सेवा शुरु भएपछि बिरामीले सहज रुपमा सेवा पाउने थापाले बताइन् ।

उनले भनिन्, ‘प्रसूति गराउन आउने तथा स्त्रीरोगका बिरामीहरु बढिरहेका छन्, बिरामीको चाप धेरै भएकाले लामो समयसम्म पालो कुर्नुपर्ने वाध्यता छ । नयाँ भवन बनेपछि त्यसको अन्त्य हुन्छ ।’

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ३ : १३ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले