यी बलिउड अभिनेतालाई ‘किस’ गर्न चाहन्छिन् जाह्नवी कपूर | Khabarhub Khabarhub

यी बलिउड अभिनेतालाई ‘किस’ गर्न चाहन्छिन् जाह्नवी कपूर


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – फिल्म ‘धडक’ बाट बलिउडमा डेब्यु गरेकी नायिका जाह्नवी कपूर चर्चामा रहिरहने नायिकामा पर्छिन् । हालै यी नायिका बैनी खुशी कपूरलाई लिएर नेहा धूपियाको शो मा पुगेकी थिइन् । शोमा कपूरका दिदीबैनीले रमाइलो गरे ।

शोका दौरान नेहा धूपियाले विक्की कौशल र कार्तिक आर्यनमा कसलाई ‘किस’ गर्न चाहन्छिन् भनेर सोधिन् । उत्तरमा जाह्नवीले बिक्की कौशलको नाम लिइन् ।

जाह्नवीको यो सवालको जवाफले धेरैलाई अचम्मित तुल्यायो । किनकि, धेरैलाई उनले कार्तिकको नाम लिन चाहन्छिन् जस्तो लागिरहेको थियो । यता कार्तिकलाई लिएर सारा अली खान र अनन्या पाण्डेजस्ता नयाँ कलाकारले अभिनय गरिसकेका छन् । कार्तिकका युवती फ्यान पनि उत्तिकै छन् ।

विक्की कौशल र जाह्नवी कपूरले फिल्म ‘तख्त’ मा एकसाथ काम गरिरहेका छन् । करण जोहरको धर्मा प्रोडक्सनको ब्यानरमा बनिरहेको यो फिल्ममा रणवीर सिंह, आलिया भट्ट, करीना कपूर लगायतका कलाकार मुख्य भूमिकामा देखिनेछन् ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  १० : ४८ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका