४ वर्ष बित्यो, भूकम्पले भत्किएका ४ सय ९ स्वास्थ्य संस्था अझै बनेनन् | Khabarhub Khabarhub

४ वर्ष बित्यो, भूकम्पले भत्किएका ४ सय ९ स्वास्थ्य संस्था अझै बनेनन्


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  चार वर्षअघि आजकै दिन गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले भत्किएका  ४ सय ९ वटा स्वास्थ्य संस्थाको अझै पुनःनिर्माण हुन सकेको छैन ।

२०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण देशभरका १ हजार १ सय ९७ वटा स्वास्थ्य संस्थाहरु भत्किएका  थिए । राष्ट्रिय पुनःनिर्माण प्राधिकारणले सार्वजनिक गरेको तथ्यांक अनुसार ४ सय ९ वटा स्वास्थ्य संस्थाहरुको अझैसम्म पुन: निर्माण शुरु भएको छैन ।

पुनः निर्माण शुरु नभएका स्वास्थ्य संस्थाहरुमध्ये १ सय ८१ पूर्ण क्षति भएका र २ सय २८ वटा आंशिक क्षति भएका छन् ।

भूकम्पले भत्किएका स्वास्थ्य संस्थामध्ये ६ सय ४३ वटा पुनःनिर्माण सम्पन्न भएको प्राधिकारणले जनाएको छ । जसमा ३ सय १२ वटा पूर्ण क्षति भएका थिए भने ३ सय ५३ वटा आंशिक क्षति पुगेको थियो ।

२०७२ सालमा गएको भूकम्पले भत्काएका १ सय ४५ वटा स्वास्थ्य संस्थाको पुन: निर्माणको काम भइरहेको प्राधिकारणले जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ८ : १७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६