कञ्चनपुर–कमला सडक निर्माणको काम किन विदेशी कम्पनीलाई ? | Khabarhub Khabarhub

कञ्चनपुर–कमला सडक निर्माणको काम किन विदेशी कम्पनीलाई ?


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले एशीयाली विकास बैंक (एडीबी)को सर्तका कारण कञ्चनपुर–कमला सडक निर्माण परियोजनाको काम नेपालका निर्माण कम्पनीहरुलाई दिन नसकिएको स्पष्ट पारेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले एडीबीको ऋण सहयोगमा निर्माण गर्न लागिएको सो परियोजनाको काम एडीबीकै सर्तका कारण नेपाली निर्माण व्यवसायीहरुलाई दिन नसकिएको स्पष्टिकरण दिएका छन् ।

सोमबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा उनले सरकारले सो परियोजनाको काम नेपाली निर्माण व्यवसायीलाई दिन नचाहेको भन्ने निर्माण व्यवसायीहरुको आरोपको पनि खण्डन गरे ।

सचिव अधिकारीले सो परियोजनाको काम कमिसन लिएर विदेशी कम्पनीलाई दिएको भन्ने निर्माण व्यवसायीहरुको आरोपको खण्डन गर्दै प्रमाण पेश गर्न पनि चेतावनी दिए ।

८७ किलोमिटरको सो सडक परियोजना नेपाली निर्माण व्यवसायीहरुलाई नदिएको भन्दै समितिका सदस्यहरुले पनि सरकारको चर्को आलोचना गरेका थिए । समितिका सदस्य राजेन्द्र कुमार केसीले सरकारले नेपाली निर्माण व्यवसायीहरुलाई विकास, निर्माणका काममा प्राथमिकता नदिएको उल्लेख गर्दै आपत्ति जनाए ।

नेपाली निर्माण व्यवसायीहरुले सो सडक खण्डको काम आफूहरुलाई नदिएको गुनासो गरेपछि समितिले सो सम्बन्धमा सम्बन्धित निकायसँग छलफल शुरु गरेको हो ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ८ : ०८ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन