२१ लाख ५० हजार भारतीयमा क्षय रोगको संक्रमण | Khabarhub Khabarhub

२१ लाख ५० हजार भारतीयमा क्षय रोगको संक्रमण


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतमा सन् २०१८ मा २१ लाख ५० हजार नागरिक क्षय रोगबाट प्रभावित बनेका एक तथ्याङ्कले सार्वजनिक गरेको छ ।  भारतको स्वास्थ्य तथा परिवार स्वास्थ्यसम्बन्धी मन्त्रालयले दिएको पछिल्लो जानकारीअनुसार भारतमा सन् २०१८ मा मात्र  २१ लाख ५० हजार नागरिकमा क्षय रोगको संक्रमण भएको हो ।

आइतबार उक्त मन्त्रालयले प्रकाशन गरेको एक विज्ञप्तिमा सो जानकारी दिइएको हो । तर पहिलेको तुलनामा भारतमा क्षयरोगको उपचारमा सफलता प्राप्त भएको पनि सो विज्ञप्तिमा जानकारी दिइएको छ ।

यसअघि भारतमा कतिजना क्षयरोगी छन् भन्ने बारेमा स्पष्ट तथ्याङ्क नभएपनि अघिल्लो वर्षको तुलनामा भारतमा सन् २०१८ मा क्षयरोगको उपचारमा सफलता दरमा बृद्धि भएको बताइएको छ ।  अघिल्लो वर्षमा भारतमा क्षयरोगको उपचारको सफलताको दर २५ प्रतिशत मात्र रहेकोमा त्यसमा निकै नै बृद्धि भई सन् २०१८ मा भने ८३ प्रतिशतले बृद्धि भएको बताइएको छ ।

उक्त मन्त्रालयले दिएको जानकारीमा सरकारी प्रयासहरु र त्यसमा निजी क्षेत्रका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीका साथै यससम्बन्धी उपचारमा सरकारले अपनाएको नीति र विधिका कारण पनि यसको उपचारमा सफलता मिलेको बताइएको छ ।

यो कार्यक्रम र नीतिका कारण क्षयरोगको संक्रमणको दरमा पनि कमी आएको मन्त्रालयद्वारा प्रकाशित उक्त विज्ञप्तिमा बताइएको छ ।  उक्त विज्ञप्तिअनुसार पहिलेका वर्षहरुमा भारतमा क्षयरोग संक्रमण हुने अथवा सर्ने दर २९ प्रतिशत रहेकोमा सन् २०१८ मा आइपुग्दा भने त्यसमा भारी मात्रामा गिरावट आई चार प्रतिशतमा झरेको छ ।

भारत सरकारले सन् २०२५ सम्ममा भारतबाट क्षयरोगको उन्मूलन गर्ने लक्ष लिएको जनाएको छ । पहिलेका वर्षहरुको तुलनामा यस रोगको संक्रमण दरमा कमी आएका कारणले भारतबाट क्षयरोग उन्मूलनमा सफलता मिल्न सक्ने बताइएको छ ।

भारतमा क्षयरोगीहरुको संख्या निकै धेरै रहेको छ । विश्वमा रहेका क्षयरोगीहरुमध्ये एक चौथाई रोगी भारतमा मात्र रहेका छन् ।  विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार क्षयरोग विश्वमा सबैभन्दा धेरै नागरिकको ज्यान लिने १० रोगहरुमध्ये प्रमुखमा पर्दछ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार क्षयरोग विश्वमा सन् २०१७ मा मात्र करिब एक करोड नागरिकमा क्षयरोगको संक्रमण भएको देखिएको थियो ।  त्यसैगरी उक्त संगठनले दिएको जानकारीअनुसार सो वर्ष यस संक्रमणबाट विश्वका १६ लाख नागरिकको ज्यान गएको बताइएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  २ : ०८ बजे

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले पदपूर्तिका लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ।

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु

खेलकुद परिषद्को सर्कुलरले हच्किए सङ्घ अध्यक्ष

काठमाडौं – शनिबार ललितपुर सातदोबाटोमा नेपाल पौडी सङ्घको चुनावी साधारण