होलीका दिन छुरा हानेर हत्या गर्ने ४ जना पक्राउ | Khabarhub Khabarhub

होलीका दिन छुरा हानेर हत्या गर्ने ४ जना पक्राउ


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– होली पर्वका दिन सुनसरीको धरान उपमहानरपालिका–९ बगैँचा लाइनमा निमास तामाङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले तामाङको छुरा प्रहार गरेर हत्या गर्ने ४ जनालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा धरान–९ का १८ वर्षीय सुशान्त लिम्बू, धरान ७ पानमाराका १८ वर्षीय मनिष लावती लिम्बू, १७ वर्षीय निश्चल विक र १८ वर्षीय शरण राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।

उनीहरुले व्यक्तिगत रिसिइबीका कारण तामाङको धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेर फरार भएका थिए । पक्राउ गरेकालाई कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  १० : ४८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६