कतारसँग हारेको नेपाल छनोट चरणबाटै बाहिरियो | Khabarhub Khabarhub

कतारसँग हारेको नेपाल छनोट चरणबाटै बाहिरियो


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कतारमा जारी एएफसी यू-२३ च्याम्पियनसिप छनोटमा नेपाललेलगातार दोस्रो हार व्यहोरेसँगै छनोट चरणबाट बाहिरिएको छ । आइतबार राति भएको खेलमा नेपाल कतारसँग ५-० गोलको फराकिलो अन्तरले पराजित भएको हो ।

कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा कतारका लागि कप्तान बासम अल रावी र अब्दुल्लाह अल्हारकले समान २-२ गोल गर्दै नेपालविरुद्ध सहज जीत निकाल्न योगदान गरे ।

नेपाली खेलाडीले खेलको २५ औं मिनेट डिबक्सभित्र फाउल गरेपछि कतारले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमा अब्दुल्लाहले गोल गर्दै घरेलु नेपालविरुद्ध १-० को अग्रता दिलाए ।

पहलो हाफसम्म १-० को अवस्थामा रहेको खेलमा खेलको ५३ औं मिनेटमा कप्तान अल रावीले गोल गर्दै कतारलाई २-० को अग्रता दिलाए । नेपालका दिनेस राजवंशीले ६० औं मिनेटमा आत्मघाती गोल गरेपछि कतारको अग्रता ३-० को बन्यो ।

७६ औं मिनेटमा अल रावीले फ्रिकिकबाट आफ्नो दोस्रो गोल गर्दै कतारलाई ४-० को फराकिलो अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा अब्दुल्लाहले व्यक्तिगत दोस्रो गोल गर्दै कतारलाई ५-० को फराकिलो जित दिलाए ।

कतारसंगको हारसंगै समूह ’ए’ मा रहेको नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले अन्तिम खेलमा मंगलबार अफगानिस्तानसंग खेल्नेछ ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ८ : ४७ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको