‘समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न शैक्षिक जनशक्ति आवश्यक’ | Khabarhub Khabarhub

‘समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न शैक्षिक जनशक्ति आवश्यक’


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न शैक्षिक संस्थाहरुले सक्षम र योग्य जनशक्ति उत्पादन गर्नेमा आफू आशावादी रहेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार काठमाडौंँ विश्वविद्यालय र ब्रिजइन फाउण्डेशन बेल्जियमबीच विश्वविद्यालय विकास सहायता परियोजना सम्झौतामा सहभागी भएका प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिका लागि सबल शैक्षिक जनशक्ति तयार गर्नुपर्ने बताएका हुन् ।

“राजनीतिक सङ्क्रमणकाल पार गरेपछि हामी विकास र समृद्धिको चरणमा प्रवेश गरेका छौँं । सामाजिक न्यायसहितको समानता, विकास र सुशासन हाम्रो सङ्कल्प हो”, प्रधानमन्त्री ओलीले भने, “समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न तपाईंहरुले सक्षम जनशक्ति तयार गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।”

प्रधानमन्त्री ओलीले शिक्षालाई समुदायमा पु¥याउन र सक्षम जनशक्ति तयार गर्न सहायता परियोजना थालनीले मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

सम्झौतामा शिक्षालाई समुदायमा पु¥याउन विभिन्न क्षेत्रहरुमा विकासका पूर्वाधारहरु निर्माण गर्ने उद्देश्य राखिएको उल्लेख गरिएको छ ।

कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेल पनि भएका थिए । ब्रिजइन फाउण्डेशनका अध्यक्ष प्राध्यापक टान्को मौहमादोउ र काठमाडौँं विश्वविद्यालयका उपकुलपति एवं धुलिखेल अस्पतालका संस्थापक प्रा डा रामकण्ठ माकजु श्रेष्ठबीच आज उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ६ : १९ बजे

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना