दर्जन बढी मुलुकहरुले लिइरहेका छन् एमसीसीबाट लाभ, नेपाललाई अवसर | Khabarhub Khabarhub

दर्जन बढी मुलुकहरुले लिइरहेका छन् एमसीसीबाट लाभ, नेपाललाई अवसर


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे पछिल्लो समयमा अधिक टिकाटिप्पणी र बहस जारी छ ।

अमेरिकी सरकारको प्रत्यक्ष सहयोगको कार्यक्रम एमसीसीको उद्देश्य, नेपालमा यसको प्रभाव र वास्तविकताको सत्यताबारे बहस हुनु भन्दा सतहिरुपमा अपव्याख्या गरी वैदेशिक सहायता तथा मित्रराष्ट्रको असल नियतको सहयोगलाई विषयान्तर गर्नतर्फ बहस बढी मात्रामा केन्द्रित भएको देखिन्छ ।

सबै सहयोग स्वार्थका रुपमा मात्र आउँदैनन् भनेजस्तै अमेरिकी सरकारको यो सहयोगलाई नेपालले आफ्नो हितमा उपयोग गर्ने महत्वपूर्ण अवसर प्राप्त भएको छ ।

एमसीसी अमेरिकी कंग्रेसको सक्रियतामा स्थापित संस्था तथा सहयोग भएकाले अमेरिकी सरकारको प्रत्यक्ष सक्रियतामा सञ्चालित अमेरिकी सहयोग (युएसआईडी) लगायत भन्दा फरक छ ।

यसको साझेदारी प्रक्रिया, पारदर्शीता, कार्यान्वयनका तरिकाहरु सहयोग पाउने सरकारका प्राथमिकताका क्षेत्रका आधारमा तय गरिन्छ । करोडौं डलर सहायता प्रदान गरिने भएकाले स्थानीय सरकारले आफ्ना महत्वपूर्ण प्राथमिकता, समस्या तथा अन्य सुधारका अभियानलाई तिब्रता दिन सक्दछ ।

नेपालमा जारी बहसका क्रममा कुनै स्वार्थ विना एमसीसीले किन सहायता गर्दछ भन्ने प्रश्न पनि उठेका छन् । यसका लागि एमसीसी किन सुरु गरियो भन्ने बुझ्न जरुरी छ ।

मुलभुतरुपमा अमेरिकाको ट्वीन टावरमा २००१ सेप्टेम्बर ११ को आतंकवादी हमलापछि अमेरिकी नीति नियमकर्ताहरुले विश्वमा जारी गरीबी द्वन्द्व, असन्तुलन लगायतका समाजिक विचलनले आतंकवादलाई प्रसय दिएको महसुस गरे ।

त्यसपछि आफूमात्र स्रोत साधन सम्पन्न, विकसित र सुरक्षित भएर नहुने रहेछ भन्ने चेतना भयो । संसारका विशेषगरी कम विकसित र कमजोर अर्थतन्त्र भएका मुलुकमा लगानी बढाउने उद्देश्यले एमसीसीको अवधारणा आएको हो ।

कुनैपनि देशले एमसीसीको सहायता स्वत पाउँदैनन् । यसकारण एमसीसीको सहयोग पाउन नेपाल सरकारले केही मापदण्ड पूरा गर्नुका साथै आम जनचासोका सुधारमा प्रतिद्धता जनाउनु पर्ने भएकाले सुधारका लागि लगानीको स्रोत जुट्ने उपयुक्त माध्यम पनि हो ।

यस अर्थमा नेपालको हितैसी मित्रराष्ट्र अमेरिकाको एमसीसी योजनाले देशमा सुधार र विकासका पूर्वाधारको प्रतिवद्धताका लागि लगानी सहितको

अग्रसरतालाई किन खुला दिलले स्वागत नगर्ने ?

एमसीसीले मार्फत लगानी गर्ने वतावरण बनाउन सक्नु समृद्ध नेपाल निर्माणको पहिलो खुड्किलो हुन सक्छ । किन भने एमसीसीले मुख्यरुपमा नागरिक स्वतन्त्रता, राजनीतिक अधिकार, जवाफदेहिता, प्रभावकारि सरकारी सेवा, कानूनी राज्य, व्यापार नीति, भ्रष्टाचार नियन्त्रण, स्वास्थ्यमा सार्वजनिक खर्च र शिक्षा लगायतलाई लगानीका प्राथमिकतामा राखेको छ ।

नेपालका युवा तथा आम सर्वसाधारणको सर्वाधिक चासो र चिन्ताका यस्ता मुद्दालाई सम्बोधन गर्न करोडौं डलरको लगानी ल्याउने अवसरलाई अनावश्क विवाद र भूराजनीतिक तथा सामरिक महत्त्वसँग जोडेर विवाद गर्नु दुःखद् विषय हो । अमेरिकाको एसिया क्षेत्रमा राजनीतिक तथा भूसामरिक रणनीति भन्दा एमसीसीका माथिका प्राथमिकता क्षेत्रहरु विल्कुलै फरक भएकाले यसलाई मित्रराष्ट्रले असल नियतले देखाएको सदासयताका रुपमा सिमित राख्नु नै हितकारी हुने छ ।

मिलिनियम च्यालेन्ज कर्पोरेसन संसारका लागि नयाँ पनि होइन । सन् २००४ मा तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसको कार्यकालमा कर्पोरेसनको घोषणा भएपछिको दशक भन्दा बढीे समयमा संसारका विभिन्न मुलुकले यसबाट लाभ लिएका छन् ।

एसियामै श्रीलंका सरकारले एमसीसीको सहयोगमा देशको महत्वपूर्ण सडक तथा सवारी साधनको स्तरोन्नती गर्न पहल शुरु गरिसकेको छ । संसारका दर्जन भन्दा बढी मुलुकले यसबाट लाभ लिइरहेका छन् ।

दक्षिणपुर्वी अफ्रिकाको मोजाम्बीक गणतन्त्रमा एमसीसीले सन् २००७ बाट खानेपानी तथा सरसफाई, सडक, जमिनको सुधारिकरण तथा कृषि क्षेत्रका परियोजनामा लगानी गरेको थियो । ५० करोड अमेरिकी डलर भन्दा बढी लगानी जुट्ने भएपछि मोजाम्बिक सरकारले देशको मेरुदण्डको रुपमा परिचित उत्तरबाट दक्षिणी भेग जोड्ने सडक (नेसनल रुट वान) सुधारको परियोजना अघि बढायो ।

यसबाट २ सय ५३ किलोमिटर सडकको स्तरोन्नती गरियो । त्यस्तै मोजाम्बीकमा अर्थतन्त्रलाईनै प्रभाव पार्ने गरी रोगको महामारिका कारण नरिवलको उत्पादनमा ह्रास आएपछि एमसीसीको सहयोगमा सरकारले नरिवल कृषकलाई महामारिसँग जुध्न सहयोग गर्नुका साथै वैकल्पिक कृषि उत्पादनमा लाग्न सहयोग गरेको थियो । एमसीसीकै सहयोगमा महत्वपूर्ण खानेपानी परियोजना तथा कृषक आय बढाउने परियोजनाहरु मोजाम्बीकमा सुरु भयो । यसरी विभिन्न परियोजनाका लागि एमसीसीले विश्वका दर्जनौ मुलुकमा लगानी गर्दै आएको छ ।

एसियामै श्रीलंका सरकारले एमसीसीको सहयोगमा देशको महत्वपूर्ण सडक तथा सवारी साधनको स्तरोन्नती गर्न पहल शुरु गरिसकेको छ । संसारका दर्जन भन्दा बढी मुलुकले यसबाट लाभ लिइरहेका छन् ।

देशका आन्तरिक मुद्दा तथा समस्यालाई समाधान गर्न आएको यो अवसरलाई छिमेकी मुलुकले के भन्लान् भन्दा पनि जनताको हितमा कसरी उपयोग गर्ने भन्नेतर्फ नेपाल सरकारको ध्यान केन्द्रित हुनु दीर्घकालमा लाभप्रद छ । देशमा जारी आम निरासा, भ्रष्टाचार, बेरोजगारी, व्यापार घाटा लगायतका क्षेत्रमा एमसीसीको सहयोगलाई केन्द्रित गर्नु वुद्धिमानी हुने छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ६ : ३९ बजे

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल