च्यासलविरुद्धको खेलमा एनआरटी बिजयी | Khabarhub Khabarhub

च्यासलविरुद्धको खेलमा एनआरटी बिजयी


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दर्शन गुरुङ र विदेशी खेलाडी जुनियर अनगुइने निकेनगुवाको गोलमा न्यू रोड टिम एनआरटीले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ ।

जीतसँगै एनआरटीले लिगको अंक तालिकामा स्पष्ट ३ अंक जोडेको छ ।

च्यासल युथ क्लबलाई २-१ गोलले पराजित गर्दै एनआरटीले अंक तालिकामा खाता खोलेको हो ।

एनआरटीका दर्शन गुरुङले खेलको ८६ औं मिनेटमा च्यासलका दुई डिफेन्डरलाई बिट गर्दै गोल गरेका थिए । च्यासलका लागि अतिरिक्त समयमा अमिर श्रेष्ठले एक गोल फर्काएका थिए ।

दशरथ रंगशालामा बुधबार दिउँसो भएको खेलमा एनआरटीका लागि खेलको २४ औं मिनेटमा एरिक बिष्टको पासलाई सदुपयोग गर्दै निकेनगुवाले टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ७२ औं मिनेटमा एनआरटीका जोर्डन जेआरले च्यासलका सञ्जय राजबागलाई लडाएपछि दुई पहेंलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

एनआरटीले ३ खेलमा ४ अंक बनाउँदा पराजित च्यासलको पनि ४ अंक रहेको छ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ४ : ५९ बजे

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को