विवाहपछि कसरी बनाउने सुखी जीवनशैली ? | Khabarhub Khabarhub

विवाहपछि कसरी बनाउने सुखी जीवनशैली ?


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अधिकाशं मानिस एक निश्चित उमेर पछि विवाह गर्दछन् । तर विवाह गर्दा आफ्नो जीवनमा आउने पार्टनर कस्तो हुने हो ? वा विवाहपछि जिवनमा खुसी रहन सकिन्छ कि सकिँदैन भन्ने आम प्रश्न रहने गरेको छ ।

विवाहपछि केही दिनसम्म मानिसहरु सन्तुष्ट र खुसी देखिन्छन् । तर कतिपय भने विवाहपछि लामो समयसम्म खुसी रहन सक्दैनन् । विवाहपछि मानिसमा आउने परिवर्तनलाई बुझ्न सक्ने जिवनसंगी भए वैवाहिक जीवनपछि पनि मानिसहरु खुसि रहन सक्छन् । यस्तोमा दुई पार्टनरबीच जति नै भिन्नता भएपनि एकअर्कालाई बुझाउन राम्रो मद्दत गर्छ ।

मुख्यकुरा विवाहिता जोडिको बानि मिल्नु भन्दा पनि सहमति मिल्नु आवश्यक हुन्छ । एक पार्टनरमा रिसाउने बानी छ भने अर्काेले फकाउन सक्नुपर्छ । यस्तो भएमा वैवाहिक जीवन प्रगाढ सम्बन्धमा परिणत हुन्छ ।

यदि तपाईं र पार्टनरको बानी, स्वभाव र व्यक्तित्व एउटै छ भने यसले तपाईंको सम्बन्ध निकै राम्रो बनाउन सक्छ । विवाहले मानिसको व्यक्तित्वमा समेत स्थायी परिवर्तन ल्याइदिन्छ । विवाहपछि मानिसहरुमा बाहिर घुम्ने र स्वतन्त्रतामा कमी आउने गर्दछ । जसलाई केहिले विवाहपछिको बाधक मान्दछन् ।

एक निश्चित उमेरपछि मानिसमा दायित्व बोध हुन आवश्यक हुन्छ । त्यसैले बाहिर घुम्नु वा स्वतन्त्र हुनुलाई नै खुसी मान्नुहुन्छ भने यो शतप्रतिशत गलत हो । किनकी खुसिका पल परिवारबीच रहेर पनि मज्जाले निकाल्न सकिन्छ ।

श्रीमान–श्रीमति भान्सामा बसेर परिकार बनाउँदा होस् वा संगै मिलेर घरायासी काम गर्दा खुसी जहाबाट पनि पाउन सकिन्छ । तर यस प्रकारका खुसीलाई महत्व नदिने र बाहिरफेरा मात्र घुम्न रुचाउनेले भने यसलाई असन्तोष गर्दछन् । तर कसैसंग लामो जीवन बिताउँदै हुनुहुन्छ भने सम्बन्ध बलियो बनाउन अत्यन्त महत्वपूर्ण विशेषता भनेको तपाई भित्रको मनसाय नै हो ।

विवाहपछि एक मात्र जिवनसंगीसँग जीवन बिताउनुलाई समाजले आदर्श मान्दछ । तर केही विवाहिताहरु एकैसाथ थुप्रै सम्बन्धमा रमाउने गरेको समेत पाइन्छ । पार्टनर बाहेकको सम्बन्धमा रहनेहरु पार्टनरले कुरा नबुझ्दा वा पार्टनरबाट पाउन नसकेको माया अन्त पाएपछि अर्काे सम्बन्धमा रमाउने गरेको पनि पाइन्छ ।

तर यसरी कसैलाई प्रत्यक्ष घात गर्नुको सट्टा यसबारे एकआपसमा राम्ररी छलफल गर्नु उत्तम हुन्छ । अन्यथा लामो वैवाहिक सम्बन्धमा रहँदा पनि पार्टनरबाट लगातार असन्तुष्टी छ भने सम्बन्धविच्छेद विकल्प हुनसक्छ । तर सम्बन्धविच्छेद पछि महिलाले केही स्वतन्त्रता पाए पनि पुरुषले भने त्यसपछिको जिवनलाई राम्ररी व्यवस्थित गर्न सक्दैनन् । सम्बन्धविच्छेद पछि व्यक्तिले आफूलाई कसरी सम्हाल्न सक्छ त्यो व्यक्तिमा भर पर्दछ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  १० : १५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन