कृषि विकास बैंकमा आर्थिक हिनामिना– बैंककै कर्मचारीले लुटे ३४ करोड | Khabarhub Khabarhub

कृषि विकास बैंकमा आर्थिक हिनामिना– बैंककै कर्मचारीले लुटे ३४ करोड


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि विकास बैंकको स्वयम्भूस्थित शाखा कार्यालयका तत्कालीन २ जना शाखा अधिकृतसहित ८ जनाविरुद्ध झन्डै ३४ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

बैंकको कोर सिस्टम दुरुपयोग गरी करोडौं रुपैयाँ लगेर विदेश भाग्न खोज्ने शाखा अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनबाट कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका तत्कालीन शाखा अधिकृत केदार प्रसाद गौतम समेतले बैंकको कोर प्रणाली दुरुपयोग गरी ३३ करोड ९३ लाख रुपैयाँ निकालेर विदेश भाग्ने योजना बनाएका थिए ।

जसका लागि गौतमले झुठा विवरण तथा नक्कली नागरिकता बनाइ रेमिटबाट आएको भनेर फर्जी कारोबार देखाएर बैंकबाट करोडौं रुपैयाँ अन्य खातामा ट्रान्सफर गरेका थिए ।

गौतमले इलेक्ट्रोनिक चेक क्लेयरिङ (ईसीसी) मार्फत भुक्तानी लिने नक्कली नाम तेजबहादुर थापा खडा गरी सोही नामबाट नागरिकता तथा राहदानी बनाइ नेपाल छाडेर विदेश जाने योजना बनाएका थिए ।

बैंकको रकम लुटेर विदेश भाग्ने योजनाअन्तर्गत गौतम भारत गएर बसेका थिए ।

गौतमको योजनामा उनकी जेठी श्रीमती सम्झना पोखरेलले समेत सहयोग गरेको देखिएको अख्तियारले जनाएको छ । सम्झनाले नक्कली नाममा बैंक खाता खोल्नेदेखिका गैरकानून काम गर्ने गरेको देखिएको छ ।

यस्तै, गौतमकी कान्छी श्रीमती जेनी श्रेष्ठले आफ्ना श्रीमानलाई नेपालबाट भगाएर विदेश पठाउन भूमिका खेलेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

बैंकिङ ठगी प्रकरणमा बैंकको स्वयम्भू शाखाका अर्का अधिकृत भरतबहादुर बानियाँ पनि मुछिएका छन् । अख्तियारका अनुसार बानियाँले पदीय जिम्मेवारी पूरा नगरेको तथा बैंकलाई हानी नोक्सानी पुर्‍याउने काम गरेका छन् ।

बैंकबाट करोडौं रुपैयाँ लुटेर विदेश भाग्ने गौतमको योजनामा सहयोग गर्ने सुमन भुजेल, सूर्यबहादुर लिम्बु, सन्दीप गुप्ता र कृष्णहरि थापाविरुद्ध पनि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले सबै जनाविरुद्ध ३३ करोड ९३ लाख रुपैयाँ बिगो कायम गरेको छ । अख्तियारले बैंकको तत्कालीन शाखा अधिकृत गौतम र बानियाँविरुद्ध बिगो जफत गरी बिगोअनुसारको जरिवानासहित १० वर्ष कैद सजायको मागदाबी गरेको छ ।

यस्तै, गौतमकी २ जना श्रीमतीहरु सम्झना पोखरेल र जेनी श्रेष्ठसहित उनका सहयोगी सुमन भुजेल, सूर्यबहादुर लिम्बु, सन्दीप गुप्ता र कृष्णहरि थापाविरुद्ध बिगो जफत गरी बिगोअनुसारको जरिवानासहित २ वर्ष कैद सजाय समेत मागदाबी गरेको छ ।

कृषि विकास बै‌ंकमा भएको आर्थिक हिनामिनामा संलग्न भएका व्यक्ति र उनीहरुविरुद्ध मागदाबी गरिएको सजायको विवरण;
सि.नं. नामथर बिगो रु. सजाय  मागदावी कै.
कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका तत्कालीन शाखा अधिकृत केदारप्रसाद गौतम ३३,९३,००,०००/- भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही दफाले निर्देश गरे बमोजिम भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम सजाय गरी हानि नोक्सानी भएको बिगो असुल उपर हुन माग दाबी लिइएको।
कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँ ३३,९३,००,०००/-  ,,             ,,
सम्झना पोखरेल गौतम ३३,९३,००,०००/- भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा सोही दफा बमोजिम सजाय गरी हानिनोक्सानी भएको बिगो असुल उपर हुन माग दाबी लिइएको।
जेनी श्रेष्ठ गौतम ३३,९३,००,०००/-  ,,             ,,
सुमन भुजेल ३३,९३,००,०००/-  ,,             ,,
सूर्यबहादुर लिम्बु ३३,९३,००,०००/-  ,,             ,,
सन्दीप गुप्ता ३३,९३,००,०००/-  ,,             ,,
कृष्णहरि थापा ३३,९३,००,०००/-  ,,             ,,

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ५ : ३६ बजे

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द

सडक बालबालिका मुक्त बनाउन मन्त्री चौधरीको निर्देशन

ललितपुर – सडक बालबालिका मुक्त बनाउन महिला, बालबालिका तथा ज्येष्ठ

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवन बन्दै

काठमाडौं– दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकास्थित श्री गलैनाथ माध्यमिक विद्यालयको भवन

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र