मुस्ताङको जोमसोममा टाटा मोटर्सको वर्कशप उद्घाटन | Khabarhub Khabarhub

मुस्ताङको जोमसोममा टाटा मोटर्सको वर्कशप उद्घाटन


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जोमसोम– टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि ले मुस्ताङको जोमसोममा टाटा मोटर्सका गाडीहरूका लागि सेवा प्रदान गर्नका लागि वर्कशप खोलेको छ ।

समुद्र सतहभन्दा २,७४३ मिटर उचाइँमा अवस्थित उक्त वर्कशपको उद्घाटन सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत श्री राजनबाबु श्रेष्ठ र टाटा मोर्टसका कस्टमर केयर इन्टरनेशनल बिजनेस, कमर्सियल भेइकलका प्रमुख गणेश शेट्टीले गरेका हुन् ।

समुद्घाटन समारोहमा मुस्ताङको घोरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकाली, उपाध्यक्ष शर्मिला गुरुङ, प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा टाटा मोटर्स तथा सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का प्रतिनिधिहरूका साथै सो क्षेत्रका स्थानीय बासिन्दा र टाटा मोटर्सका ग्राहकहरूको पनि सहभागिता थियो ।

जोमसोम क्षेत्रमा टाटा मोटर्सका सबै रेन्जका गाडीहरूलाई सेवा प्रदान गर्ने यो नै पहिलो र एकमात्र वर्कशप हो ।

उक्त समुद्घाटन समारोहमा बोल्दै टाटा मोर्टसको कर्र्मिर्सयल बिजनेस, कस्टमर केयर इन्टरनेशनल प्रमुख श्री गणेश शेट्टीले भने“ जब कुनै ग्राहकले टाटाका कुनै उत्पादन खरिद गर्दछ तब उसले टाटाका सेवाहरू माथि अधिकार प्राप्त गर्दछ र सो अधिकार पूरा गर्ने दायित्व कम्पनीको हो ।

टाटा मोटर्सका गाडीहरू किन्ने हाम्रा ग्राहकहरूलाई हाम्रा यी वर्कशपहरूले फेरि प्रत्याभूति र विश्वास दिनेछ हाम्रो आशा रहेको छ र सबैभन्दा उच्च स्थानमा  समुद्र सतहभन्दा २,७४३ मिटर उचाइँमा वर्कशप खोल्नु भनेको हामी हाम्रा सबै ग्राहकहरूसम्म पुग्छौँ भन्ने कुराको पुनः प्रत्याभूति हो ।”

सिप्रदी ट्रेडिङ प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत श्री राजनबाबु श्रेष्ठले भने “ बिक्रीपश्चातको सेवा दिने कुरामा सिप्रदी सदैव प्रतिबद्ध छ । सिप्रदीको स्थापनादेखि नै सिप्रदीले सेवालाई उच्च प्राथमिकतामा राख्दै देशका कुनाकाप्चामा भएका ग्राहकहरूसम्म पुग्ने लक्ष्य लिएको छ र जोमसोममा अवस्थित यो वर्कशपले हामीले चाहिरहेको लक्ष्य प्राप्तिका लागि अर्को सफलता दिलाएको छ।”

टाटा मोटर्स र सिप्रदी ट्रेडिङ्ग प्रा.लि. प्रति आभार व्यक्त गर्दै घोरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले भने “सिप्रदी र टाटा मोटर्सले जोमसोममा वर्कशप खोल्नु भनेको यो स्थानको महत्व बुझ्नु हो । सिप्रदी र टाटा मोटर्सलाई यहाँ स्वागत छ । हामीलाई विश्वास छ कि यो वर्कशप घोरपझोङ गाउँपालिका र कम्पनी दुवैका लागि फाइदाजनक हुनेछ ।”

टाटा मोटर्सका बारेमा

४४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको टाटा मोर्टस् लिमिटेड कार, युटिलिटी गाडीहरू, बस, ट्रक र डिफेन्स गाडीहरू उत्पादन गर्ने विश्वकै अग्रणी अटोमोबाइल कम्पनी हो ।

११० अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको टाटा ग्रुपको एक हिस्सा टाटा मोटर्स भारतकै र बृहत् रेन्जमा इन्टिग्रेटेड, स्मार्ट तथा इ–मोबिलिटी सोलुसनहरू प्रदान गर्ने एकमात्र ओइएम हो ।

बेलायतमा रहेको ज्यागुअर, ल्यान्डरोभर तथा दक्षिण कोरियास्थित टाटा डेइवु सहित १३४ वटा सशक्त सहायक कम्पनीहरूको विश्वव्यापी संजालमार्फत् टाटा मोटर्स बेलायत, दक्षिण कोरिया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसिया टाटा मोटर्स् सञ्चालनमा छ ।

इन्जिनियरिङ तथा प्रविधिद्वारा संचालित अटोमेटिभ सोलुसनहरू गर्नमा केन्द्रित टाटा मोटर्स् भारतीय बजारमा कमर्सीयल गाडीको बिक्रेताका रुपमा अग्रस्थानमा छ भने प्यासेन्जर गाडीको अत्यधिक ब्रिकी गर्न सफल उत्कृष्ट चार कम्पनीहरूमा पर्दछ ।

जेननेक्स्ट कस्टमरहरूको अवधारणामा आधारित रही टाटा मोर्टसले सर्वोत्कृष्ट डिजाइन र भारत, बेलायत, ईटली तथा दक्षिण कोरियामा रहेका आर एण्ड डी सेन्टरहरूबाट अभिप्रेरित भई नयाँ नयाँ उत्कृष्ट उत्पादनहरू ल्याउने चाहना टाटा मोर्टसले लिएको छ । अन्तर्रा्ष्ट्रिय स्तरमा टाटाका कमर्सियल तथा प्यासेन्जर गाडीहरू अफ्रिका, मध्यपूर्व, दक्षिण एसिया, दक्षिण पूर्वी एसिया, दक्षिण अमेरिका, अस्ट्रेलिया, रूस, लगायत विश्वका विभिन्न देशहरुमा बिक्रीवितरण गरिन्छ ।

सिप्रदीका बारेमा

देशकै ठूलो प्रतिष्ठित ब्राण्ड सिप्रदी टेड्रिङ्ग मुख्यतः अटोमोटिभ तथा एलाइड व्यवसायमा संलग्न छ । ३७ बर्ष देखि यो व्यवसायमा संलग्न सिप्रदीको बार्षिक आय ३५० मिलियन अमेरिकी डलर भन्दा बढी छ । अटोमेटिभ, इनर्जी, लुब्रीकेन्ट, वित्तीय सेवाहरु तथा इक्यूपमेन्ट व्यवसायको क्षेत्रमा द्रुत गतिमा फस्टाईरहेको छ । करिब ७५० कर्मचारीहरु र ६५० सपोर्ट स्टाफहरू एउटै साझा उद्देश्य अर्थात् गुणस्तरीय सेवा र उत्पादन प्रदान गर्नमा प्रतिबद्ध छन् । सन् १९८२ देखि टाटा मोटर्स्को एकमात्र बिक्रेता भएको सिप्रदी टेड्रिङ्ग प्रमाणित कम्पनी हो ।

सिप्रदीको नेपालभर सबैभन्दा ठूलो बिक्री तथा सेवा वितरण संजाल रहेको छ । टाटा मोर्टर्सका सम्पूर्ण रेन्जका प्यासेन्जर र कमर्सियल गाडीरुको बिक्रीवितरण गर्न सिप्रदीको नेपालभर २७ वटा बिक्री कार्यालयहरु र ५३ वटा सर्भिस सेन्टरहरू रहेका छन्। साथै देशभर २६९ वटा स्पेयर आउटलेटहरू रहेका छन् । सिप्रदी एक्साइड ब्याट्रीज, म्याक लुब्रिकेन्ट्स र मिसेलिन टायरको पनि वितरक हो ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  १ : १६ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र