दुई सय रुपैयाँ भन्दा महंगो भएपछि भान्सामा पाक्न छोड्यो प्याज, घट्यो आयात | Khabarhub Khabarhub

दुई सय रुपैयाँ भन्दा महंगो भएपछि भान्सामा पाक्न छोड्यो प्याज, घट्यो आयात


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विगत एक सातायता नेपाली बजारमा प्याजको मुल्य ५ गुणाले बृद्धि भएको छ । प्याजको मूल्य आकाशिएसँगै उपभोक्ता मारमा परेका छन् । प्याजको मूल्य प्रतिकिलो २ सय रुपँया भन्दा बढीमा बिक्री भइरहेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि सुकेको प्याजको मूल्य १ सय ८० रुपैयाँ अधिकतम र खुद्रा मूल्य अधिकतम २०० रहेको जनाएको छ । तर खुद्रा पसलहरुमा भने प्याजको मूल्य २ सय १० भन्दा बढीमा कारोबार भइरहेको पाइन्छ ।

प्याजको मुल्य वृद्धि भएसँगै कतिपय पसलमा प्याज पाउनै मुस्किल हुँदै गएको छ । भाउ बृद्धि भएसँग उपभोक्ताले तरकारीमा प्रयोगमा ल्याउन छाडेका छन् ।

वनस्थलीमा किराना पसलमा भेटीएकी कस्की सवित्रा केसीले विगत तीन सातादेखि तरकारी प्याजविन पकाउन थालेको बताइन् । यसै त महँगी भएको बेला प्याजको भाउ बृद्धि भएपछि तरकारीमा प्रयोग गर्ने छाडेको उनको भनाइ छ ।

यस्तै कतिपय किराना पसलले प्याज नै बेच्न छाडेका छन् । वनस्थलीमा विगत दुई वर्षदेखि तरकारी व्यापार गदै आएका मनकुमार ढकालले दुई साता यता प्याज नै ल्याएर बेच्न छाडेको जानकारी दिए । कालिमाटीमै प्याज महँगो भएका कारण प्याज बेच्न छाडेको उनको भनाइ छ ।

तीन महिना अघि प्रति किलो ४५ रुपैयाँका दरले पाइने प्याज हाल २०० रुपैयाँ पुगेको छ । भारतले नेपालमा प्याज आयात गर्ने प्रतिबन्द लगाएपछि नेपालमा प्याजको भाउ दैनिक बृद्धि भइरहेको छ । प्रतिवन्धपछि चीनबाट केहि परिमाणमा प्याज भित्रिएपनि अत्यन्तै न्यून छ ।

नेपालमा प्याज भण्डारण गर्ने कठिन भएकाले स्टक पनि छैन ।

सरकारले प्रतिबन्ध लगाएता पनि बजारमा माग अनुसार उपलब्ध भइरहेको छ । खुला नाकाको फाइदा उठाउँदै प्याजको चारि पैठारी हुने गरको र उक्त चोरीको प्याज महगो भाउमा बेच्ने गरेको व्यवसायीहरु बताउँछन् ।

नेपाल तरकारी तथा फलफुल व्यवसायी महासंघका अध्यक्ष खुनप्रसाद घिमिरेका अनुसार यो समयमा पुरानो प्याज सकिएको र नयाँ प्याज बजारमा आइनसकेका कारण मुल्य वृद्धि भएको हो । बजारमा प्याज ल्याएर बेच्न समस्या भएको व्यापारीले बताएका छन् ।

भारतीय प्याजको भर

नेपाली बजार नेपालमा बिक्री वितरण हुने सुकेको प्याजको बढी हिस्सा भारतबाटै आउने गरेको छ । भदौ एक गते देखि शनिबारसम्म कालीमाटीमा आयात भएको सुकेको प्याजमा भारतको हिस्सा ९९‍.०५ प्रतिशत रहेको कालिमाटि फलफुल तथा तरकारी बजार व्यवस्थापन समितिले जनाएको छ ।

नेपालमा बजारमा भारतीय प्याज धेरै हिस्सा रहेको छ । नेपालमा बजारमा कति प्याज उत्पादन हुन्छ भने सरकारी तंथ्याक छैन । तर, नेपालमा प्याज न्यून उत्पादन हुने गरेको छ ।

०.०६ प्रतिशत प्याज नेपाली बजारमा हिस्सका रहेको छ भने चीनको प्याज ०.८९ प्रतिशत प्याज आयात भएको छ , एक हप्ताको अवधिमा सबैभन्दा बढी एक दिनमा एक लाख ८८ हजार किलो सम्म प्याज आएको छ ।

दैनिक पाँच हजार किलो देखि दुई लाख किलो सम्म कालीमाटीमा सुकेको प्याज आउने गरेको छ । उक्त परिमाणमा आउने प्याजको असोज यता भने आयात ह्वात्तै घटेको छ । कालीमाटी बजारबाट अन्य बेला दैनिक एक लाख किलो सुकेको प्याज बिक्री वितरण हुने गरेको थियो ।

तर यति बेला ५० हजार किलो पनि बिक्री हुने गरेको छैन । माग अनुसार आपूर्ति नभएको बिक्री नभएको व्यवसायी विपिन पौडेलले बताए ।

नेपाली बजारमा उत्पादन कम भएका कारणले पनि विदेशीमा निर्भर हुनु पर्ने वाध्यता रहको छ ।

सरकारले कृषिका लागि उच्चि लगानी तथा कृषि क्षेत्रमा भइरहेको विचौलियाको विगविगिलाई हटाउन सकेमा मात्रा नेपालले कृषि क्षेत्रमा आत्मानिर्भर हुन सक्ने पौडेल बताए ।

प्याजको अभाव भएपछि व्यवसायीले चीनबाट पनि यदाकदा प्याज आयात गर्ने गरेका छन् । नेपालमा चीनको प्याज आउने गरेपनि त्यो भारतको अनुपात भने निकै कम रहेको छ । कालीमाटीमा गएको तीन महिनामा चीनबाट आएको प्याज जम्मा आयातको ०.८९ प्रतिशत मात्रै छ ।

सरकारी पहल शून्य

अवैध रूपमा प्याज भित्रिएको भन्दै सरकारले गत साता अनुगमन गरेर एक व्यवसायीलाई कारवाही समेत गर्यो।  तर प्याज आयात सहज गर्न भने सरकारले कुनै पहल राखेको छैन । बजारमा प्याजको मूल्य आकाशिए पनि सरकारी तवरबाट त्यसको अनुगमन हुन सकेको छैन ।

भारतले प्याज आयातमा प्रतिबन्ध लगाएको करिब दुई महिना बितिसक्दा समेत प्याज कहाँबाट आयात गर्ने भन्ने बारेमा कुनै सरकारी बन्दोबस्त हुन सकेको छैन ।

प्याज आयात गरेको सही बिल बिजक देखाउन नसकेको भन्दै व्यवसायीलाई कारवाही गरिएको थियो । तर व्यवसायीका अनुसार हालको अवस्थामा अरूको बिल बिजक दिन सकिएपनि प्याजको बिल बिजक दिनै सकिँदैन । किनभने त्यसको बैध रुपमा आयात भएको छैन ।

उनीहरु प्याज अवैध रूपमै भित्र्याएको स्वीकार गर्छन् सरकारले प्याजको अभाव हटाउनका लागि प्याजको खेतिमा प्रोत्साहन तथा नेपालमा प्याजकै स्टककालागि युक्त भण्डारण कक्षको व्यवस्था गर्ने आवश्यक रहेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ११ : २२ बजे

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा