साग पुरुष फुटबलमा भारत सहभागी नहुने | Khabarhub Khabarhub

साग पुरुष फुटबलमा भारत सहभागी नहुने


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलमा भारत सहभागी नहुने भएको छ ।

भारतले पुरुष फुटबलमा भाग नलिनेबारे नेपाल ओलम्पिक कमिटीलाई जानकारी गराएको छ ।

भारतले खेलाडी दर्ता गर्नेक्रममा महिला फुटबलरको मात्रै दर्ता गराएपछि नेपाल ओलम्पिक कमिटीले सोधेको प्रश्नमा भारतबाट ‘पुरुष फुटबल नखेल्ने’ जवाफ आएको एनओसीले जानकारी दिएको छ ।

सागका लागि गएको शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘ड्र’ गरिसकेको थियो । जसमा नेपाल र भारत दुई फरक समूहमा रहेका थिए । तर, अब सागमा ५ टोलीमात्रै सहभागी हुनेछन् ।

जसमा समूह ए मा नेपाल बंगलादेश र भुटान थिए भने समूह बि मा भारत, माल्दिभ्स र श्रीलंका परेका थिए ।

सागका लागि फेरि पुरुष फुटबलतर्फ पुन टाई सिट ‘ड्र’ हुनेछ । पाकिस्तान यसअघि नै नआउने निश्चित भइसकेको अवस्थामा भारतले पनि नखेल्दा अब नियमत : सागका खेल राउण्ड रोविन लिगका आधारमा हुने नेपाली फुटबल विश्लेषक सञ्जीव मिश्र बताउँछन् ।

योसँगै लिगका शीर्ष दुई टोली सागको फाइनलमा पुग्नेछन् ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ९ : २१ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको