धनयोग र सन्तान प्राप्तिका लागि यस्तो व्रत गर्नुहोस् | Khabarhub Khabarhub

धनयोग र सन्तान प्राप्तिका लागि यस्तो व्रत गर्नुहोस्


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चाहे अनुसारको फल नपाउँनाले धेरैजसो मानिस निकै तनावमा आउने गर्दछन् । तर धार्मिक शास्त्रमा भने यस्ता हरेक समस्याका लागि केही न केही उपाय वा विधि रहने गरेका छन् ।

यदि तपाईलाई धन र सन्तान प्राप्ति भइरहेको छैन भने निम्न विधिपूर्वक व्रत तथा विधिपूर्वक उपसना गर्नाले तत्काल शुभयोग बन्ने छ ।

मनोकामना पूर्ण गर्ने अचूक व्रत

धार्मिक शास्त्रअनुसार विश्वको सबैभन्दा महत्वपूर्ण र शुभ फलदायी व्रत भनेको एकादशी व्रत हो ।

एकादशी व्रत हरेक महिना दुई पटक आउने गर्दछ, शुक्लपक्ष र कृष्णपक्ष ।

एकादशीको व्रत गर्नाले सबै दुखकष्ट हट्ने साथै शुभ फल प्राप्तिको समेत संयोग बनाउने गर्दछ ।

एकादशी व्रतमा शुद्ध रूपमा जलीय आहार मात्र ग्रहण गर्नुपर्छ । सकेसम्म निर्जल रहेमा एकादशी व्रतले अदभूत लाभ दिने गर्दछ ।

यस दिन आफ्नो इष्टदेव वा विष्णु र शिव भगवनको अधिक आराधना गर्नुपर्दछ ।

यदि एकादशीका दिन चारै प्रहर आराधना गर्न सके मनोवाञ्छित फल प्राप्त हुन्छ ।

व्रतको साँझमा कागति/निम्बू र चिनी घोलेर बनाइएको सर्बत पिएर बस्नुपर्छ ।

एकादशीको दिन व्रत सकेर भोलिपल्ट बिहानमात्र भोजन गर्नु पर्छ । भोजन गर्नु पूर्व गरिबलाई धन वा भोजन दान गर्नुपर्छ ।

एकादशीको व्रत विधि स्थानीय ब्राम्हणबाट जानकारी लिन सकिन्छ ।

धनको योग नबनेमा के गर्ने ?

यदि धन प्राप्तिको कामना छ भने शुक्रबारका दिन देवी लक्ष्मीको ८ वटा व्रत बस्नुपर्छ ।

शुक्रबारका दिन देवी लक्ष्मीको अष्ट स्वरुपको उपासना गर्नुपर्दछ । अष्ट स्वरुपको उपासना संभव नभए धनलक्ष्मीको स्वरुपको पूजा गर्नुपर्दछ ।

व्रतको दिन केवल जलाहार वा फललाई मात्र आहारका रुपमा ग्रहण गर्नुपर्दछ ।

साँझमा पनि अन्न, नुनको सेवन गर्नु हुँदैन । मध्यरात्रीमा देवी लक्ष्मीको प्रतिमाको सम्मुखमा घिउमा दियो बाल्नु पर्दछ ।

दियो बालेपछि ‘ॐ श्री श्रीयै नमः’ मन्त्रको ११ पटक जाप गर्नुपर्दछ ।

देवी लक्ष्मीको उपासना गर्दा गुलाबको पुष्प वा गुलाबको इत्र समर्पित गर्नुपर्दछ ।

सन्तान प्राप्तिका व्रत र नियम

हरेक महिनाको त्रयोदशी तिथि, जसलाई प्रदोष भनिन्छ उक्त दिन व्रत राख्नु पर्दछ ।

त्रयोदशी दिनको व्रतमा केवल जलाहार वा फलाहारमात्र ग्रहण गर्नुपर्दछ ।

बिहार र साँझ ११ माला ‘ॐ नमः शिवाय’ का जाप गर्नुपर्दछ ।

साँझमा शिवजीको मन्दिरको अनिवार्य दर्शन गरी शिव महिमाको चर्चा गर्नुपर्दछ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ७ : ११ बजे

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका