कप्तान बन्ने भन्दा पनि क्रिकेट टिमलाई अगाडि बढाउने कुरा महत्त्वपूर्ण– ज्ञानेन्द्र मल्ल (अन्तर्वार्ता) | Khabarhub Khabarhub

कप्तान बन्ने भन्दा पनि क्रिकेट टिमलाई अगाडि बढाउने कुरा महत्त्वपूर्ण– ज्ञानेन्द्र मल्ल (अन्तर्वार्ता)



काठमाडौं – असोज १३ गते अप्रत्यासित रुपमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानीबाट राजीनामा दिए ।

उनको ‘सरप्राइज’ राजीनामा नेपाली क्रिकेटमा ‘हट’ इस्युका रुपमा छ । उनले राजीनामा दिएसँग पारसपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तान को ? भन्ने प्रश्न पनि आएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) निलम्बनमा रहेको नेपाल क्रिकेट संघ (क्यान) सामु पनि अबको नेपाली क्रिकेटलाई अगाडि बढाउने अब्बल कप्तान खोज्नु पर्ने चुनौती छ । तर, क्रिकेट टोलीमा अनुभवी खेलाडी तथा कप्तानको दाबेदारका रुपमा हेरिएका छन्, उपकप्तान ज्ञानेन्द्र मल्ल ।

झण्डै डेढ दशक राष्ट्रिय क्रिकेट टोलीमा रहँदै मुख्य सदस्यको भूमिका निभाएका उपकप्तान मल्ललाई यदि क्रिकेटमा राजनीति भएन र नयाँ पुस्तामा नेतृत्व दिइएन भने निर्विकल्प कप्तानका दाबेदारका रुपमा हेरिएको छ ।

उनी आफैभने अहिलेको अवस्था आउने अपेक्षा नगरेको बताउँछन् । सन् २००६ मा नाबिमियाविरुद्धकाे खेलबाट राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका मल्ल अझै केही बर्ष राष्ट्रिय टोलीमा रहने बताउँछन् ।

खेलाडीसँगै अहिले मल्ल क्रिकेटको व्यवस्थापनमा पनि आइसकेका छन् । उनी आवद्ध संस्था क्विन्स इभेन्ट मेनेजमेन्टले पोखरा प्रिमियर लिग र वुमन्स च्याम्पियनसिप २०१९ को आयोजना गरिसकेका छन् ।

कहिलै पनि म कप्तान हुन्छु वा हुनुपर्छ भनेर दिमागमा आएन । हुनत, दिमागमा राष्ट्रिय खेलाडी बन्छु भन्ने पनि थिएन । क्रिकेट खेल्दै गर्दा उपकप्तान हुँदै यो ठाउँसम्म आउँछु भन्ने पनि थिएन

बिहीबार (आज) डब्लुसिएलको फाइनल रहेको छ । मल्लसँग खबरहब अबको कप्तानबारे, खेलाडी रहँदा र व्यवस्थापनमा आउँदाका चुनौती, पुरुष र महिला लिग गर्दाका चुनौती जस्ता विषयमा हामीले कुराकानी गरेका छौं ।

कप्तान पारसले तत्कालै राजीनामा देलान् भन्ने सोच्नु भएको थियो ?

यस्तो होला भन्ने सोचेको थिइनँ । पारस आफैले पनि यस्तो सोचेका थिएनन् । हामी लगभग सधै सँगसँगै खेल्यौं । हुनत, पारस म भन्दा अगाडिदेखि खेल्न थालेको हो । हामीले उ बाहेको अर्को कप्तान कहिलै सोचेको पनि थिएनौंं । उ हुँदा उ नै हो । अझै एक–दुई बर्षपछि नेपाली क्रिकेट टोलीलाई एक लयमा पुर्याएर, अहिले एकदिवसिय मान्यता भने झै यो पाउन त पायौं तर, यसलाई ‘सेभ’ ‘सेक्युअर’ हुने तरिकाले भयो भने सँगै छोड्न सकिने कुरा थियो ।

तपाईंका कप्तान बन्ने चर्चा छ, सोच्नु भएको थियो, राष्ट्रिय टोलीको कप्तानी बारे ?

कहिलै पनि म कप्तान हुन्छु वा हुनुपर्छ भनेर दिमागमा आएन । हुनत, दिमागमा राष्ट्रिय खेलाडी बन्छु भन्ने पनि थिएन । क्रिकेट खेल्दै गर्दा उपकप्तान हुँदै यो ठाउँसम्म आउँछु भन्ने पनि थिएन ।

क्रिकेटले सबैकुरा दिएको छ । यो सबै कुरा ‘एक्सपेक्टेड’ चाहिँ थिएन । यो जिम्मेवारी मैले पाउँछु भन्ने कुरा मैले भन्ने कुरा पनि भएन । कप्तान को बन्ने भन्ने कुरा प्रशिक्षक, संघ र छनोट समितिले निर्णय गर्ने हो ।

कप्तान हुने कुरा भन्दा पनि हाम्रो टिम कसरी अगाडि बढ्छ भन्ने कुरा ठूलो हो । म कप्तान हुँ वा अरु नै कप्तान हुन् त्यो भन्दा पनि टिमका लागि कसरी योगदान दिन सक्छ भन्ने महत्वपूर्ण हुन्छ ।

टिममा जहिले पनि एउटामात्रै ‘लिडर’ भएर हुँदैन । कोही देखिने लिडर हुन्छ कोही नदेखिने लिडर हुन्छ । जसरी पारस आएपछि उ प्रस्तुत भएको छ । यो देखेर खुसी पनि लागेको छ । उसले क्रिकेटमा एक किसिमको लिडर सिप पनि लिएको छ

टिम भएर चाँहि हामीले अहिले पाइरहेको एकदिवसिय मान्यता देखि टिम कसरी प्रदर्शन गर्ने र फेरि कसरी टिमलाई अगाडि बढाउने भन्ने महत्वपूर्ण हुन्छ ।

गुमिसकेको कुराहरुलाई कसरी प्राप्त गर्ने ?  जस्तै भनौं न अहिले जुन हामी विश्वकप छनोटमा चुक्यौ । त्यस्तै, त्यस्तै कुराहरु कसरी गर्ने भन्ने टिममा ‘कम्पोजिसन’ हेर्दा कसरी टिम अगाडि बढ्छ र कसले बढाउन सक्छ लगायतका कुरा हेरेर संघ र टिमले कप्तान छान्नु पर्छ जस्तो लाग्छ ।

ज्ञानेन्द्र आफैमा ‘लिडर’ हो तर, यत्रो समय पारसको छायाँमा पर्यो भन्ने पनि गरिन्छ नि !

टिममा जहिले पनि एउटामात्रै ‘लिडर’ भएर हुँदैन । कोही देखिने लिडर हुन्छ कोही नदेखिने लिडर हुन्छ । जसरी पारस आएपछि उ प्रस्तुत भएको छ । यो देखेर खुसी पनि लागेको छ । उसले क्रिकेटमा एक किसिमको लिडर सिप पनि लिएको छ ।

अब छायाँमा पर्नु र नपर्नु भन्दा पनि त्यो छायाँमा आ आफ्नो रोल हुन्छ । उ हुँदा खेरी मैले कसरी लिड गर्ने र उ नहुँदाखेरी मैले कसरी लिड गर्ने भन्ने कुरामा रोलहरु फरक परिरहेको हुन्छ ।

छायाँमा परेजस्तो मलाई लाग्दैन । मलाई के लाग्छ भने टिमको जितका लागि एकमात्रै लिडरले पुग्दैन् । अन फिल्डमा त धेरै जना लिडर चाहियो नि त । त्यो हिसाबले अझै धेरै लिडर चाहिएको छ ।

हामीलाई अझै धेरै लिडर चाहिएको हुन्छ । टिममा धेरै लिडर हुन्छन् तर, देखिने लिडर एक हुन्छ । टिमलाई सन्तुलित बनाउन अरुको रोल पनि चाहिन्छ । क्याबिनेट पनि प्रधानमन्त्री एक जनाले मात्रै चल्ने त होइन नि त । अरुको पनि भूमिका रहन्छ । मलाई के लाग्छ भने अहिलेको सफलतामा सबै जनाले आ आफ्नो ठाउँमा सबैले भूमिका निभाएको जस्तो लाग्छ ।

खेलाडी हुँदै व्यवस्थापकसम्म आइसक्नु भएको छ । दुई वटा प्रतियोगिता आफ्नै सक्रिएतामा आयोजना गरिसक्नु भएको छ । व्यवस्थापन

कत्तिको असहज वा सहज रहेछ ?

खेल्नु र व्यवस्थापन गर्नु कुनै पनि कुरा सजिलो त हुँदैन । फरक किसिमका चुनौती हुन्छन् । अन फिल्ड चुनौती एक हुन्छ भने अफ फिल्ड चुनौती एक हुन्छन् । हामीलाई थाहा छ त्यसैले राम्रो गर्न सक्छौ भनेर पनि आएका होइनौं । हामीले आफ्नो अनुभव र देखेको कुराहरुलाई यसमा योगदान पुर्याउनु पर्छ ।

हामीले क्रिकेटबाट धेरै कुरा पायौं भने अब आउने पुस्ताका खेलाडीले यो भन्दा राम्रो कुराहरु पाउनु पर्छ भन्ने मोटिभले आएको हो ।
व्यवस्थापन भनेको छुट्टै पाटो रह्यो । यसमा हामीलाई चुनौती पनि छ । मलाई लाग्छ हामी खेलाडी हुँदा शुरुदेखि नै चुनौतीमा रमाउने भएकाले हामी यसमा पनि रमाइ रहेका छौं ।

देशमा अगाडिदेखि नै दुईवटा ठूला लिगहरु भइरहेका थिए । त्यहिँ बेला तपाईहरु व्यवस्थापनमा आउँदा अन्य लिगलाई ‘इग्नोर’ गर्न आफैले लिग सञ्चालन गरेको भन्दै आलोचना भएको छ….

यस्ता आलोचना भै राख्छ । मान्छेहरुको सोच हो । राम्रो सोच भएका मान्छेहरु पनि छन् । उहाँहरुले राम्रो गर्नु भयो भनिरहनु भएको छ ।
पक्कैपनि अरुले पनि त्यस्तै सोच्नु भएको होला । हामीले अरुको विगार्ने यस्तो गर्नै भन्ने होइन् । कतिपय कुराहरु यस्तो आउनु स्वभाविक पनि हो । हामीले जहिले पनि कमजोरी औल्याएको हौं । हाम्रो पनि केही कमजोरी भए कसैले हामीमा पनि प्रश्न पक्कै गर्छन् । लिग हामीले अरुसँग प्रतिस्पर्धा गर्न गरेका होइनौं । पोखरामा क्रिकेट लिग गर्नुको कारण चाहिँ भेन्यु हो । त्यो भेन्युलाई विश्व बजारमा लौजाउँ । फरक तरिकाले प्रतियागिता होस् । कसैको व्यक्तिगत सम्पती नभएर साझा होस् भन्ने योजनाले गरेका हौं ।

पीपीएल पछि पोखराको भेन्यू सबैको मनमा बसिसकेको छ । त्यसले अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चा पाइसकेको छ । सरकार देखि सबै जनाले पहिचान गरिसकेको छ । लगानी पनि भइरहेको छ । हाम्रो काम यस्तै यस्तै हुन्छ । पोटेन्सीएल कुराहरु हामीले जानेका कुराहरु राम्रो बाटोबाट अगाडि लैजाने हाम्रो तयारी हुन्छ ।

दुई फरक लिग पोखरा प्रिमियर लिग (पीपीएल) (पुरुष) र वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) (महिला) क्रिकेट लिग गर्दा के फरक पाउँनु भयो ?

शुरुमा त हामीले पोखरा प्रिमियर लिग (पीपीएल) गर्दा धेरै नै चुनौती थियो । त्यो मैदान मेन्टेन नै थिएन् । हामीले मैदानमा धेरै समय र लगानी गर्यौ । पीच देखि सबै कुरा गर्यो । राम्रो पक्ष चाहिँ के भयो भने पोखराका लागि चाहिँ धेरै सपोर्ट पनि आए । धेरै मान्छे स्पोन्सरसिपमा पनि सहयोग भयो ।

तर, महिला क्रिकेट लिग डब्लुसिएल गर्दा चाँहि कस्तो भयो भने भेन्यूका हिसाबले गर्नलाई सजिलो पनि भयो । तर, अलिकति गाह्रो भनेको आर्थिक कुराहरु जुटाउन भयो । धन्न टिमका मालिकहरु आइदिनु भएको छ । महिला क्रिकेटलाई पनि साथ दिनु पर्छ भन्ने हिसाबले उहाँहरुलाई आइदिनु भएको छ, धन्यवाद भन्नु पर्छ उहाँहरुलाई ।

उहाँहरु पनि महिला क्रिकेटका लागि पोटेन्सीएल लिएर आउनु भएको हो । यो पार्टो चुर्नातिपूर्ण नै रह्यो ।

पहिलो संस्करणको डब्लुसीएल अन्तिम तिर पुगिसेकेको छ । यसको प्रतिक्रिया कस्तो पाइरहनु भएको छ ?

प्रतिक्रिया राम्रो आइरहेको छ । मेरो विचारमा महिलाहरुका लागि पनि नयाँ किसिमको प्रतियोगिता भयो । यसअघि एउटै क्षेत्र, एउटै खेलाडी र सातिसँग खेलिन्थ्यो भने अहिले साथिहरु पनि फरक फरक हुँदा फरक त परिहाल्छ ।

उहाँहरुको खेल पनि हेर्ने हो भने अझै धेरै गर्न बाँकी नै छ । यो प्रतियोगिता ‘स्ट्यान्डर’ माथि उठाउन सहयोग गरिहाल्छ । त्यो हिसाबले पनि सबै जनाबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ ।

पहिलो पटक भइरहेको छ भनेर कति जनाले दोस्रो पटक हामी पनि प्रतियोगिताको पार्ट हुन पाउँ भनेर भनिरहनु भएको छ । यसले खुसी लागिरहेको छ । खेलाडीको ‘पोइन्ट अफ भिउ’ बाट चाहिँ क्रिकेट ‘पार्ट टाइम’ जस्तो होइन कि ‘फुलटाइम’ क्रिकेटका लागि सोच्नु पर्ने बेला भएको छ ।

डब्लुसीएलले महिला क्रिकेटरमा पनि केही आशा जगायो भन्न खोज्नु भएको हो ?

पक्कै पनि । अहिलेको महिला क्रिकेटको सिनारियो हेर्ने हो भने पनि विभागिय क्लब एपीएफ भन्दा अरुका कुनैमा पनि खेलाडीले खेले वाफत पारिश्रमीक पाएका थिएनन् । धन्न एपीएफले यत्रो बर्ष धानेर क्रिकेटको एउटा समूह त धानिइरहेको छ ।

त्यसैगरि नै अरु अरु पनि हातेमालो गर्न आयो भने कर्पोरेट हाउसबाट खेलोस भनेर आएभने महिला क्रिकेटरमा पनि त्यो पोटेन्सियल छ । त्यो एक्सपोजर दिन सक्ने हो भने महिला क्रिकेटरको भविष्य राम्रो छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ९ : ५८ बजे

पर्यटनमा समृद्धि खोज्दै तमानखोला

ढोरपाटन– कतै अग्ला पहाड, कतै होचा खोंच । पश्चिम बागलुङको

अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा– पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत

सोमेश्वर दर्शन गर्न दुई लाख भक्तजन पुगे

भरतपुर– चितवनको माडीस्थित सोमेश्वर कालिका मन्दिरमा चैतेदसैँ र रामनवमी पर्वमा दुई

पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको खोजी

म्याग्दी– गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटकको