अन्तर विश्वविद्यालय खेलकुदमा ६ सय १२ खेलाडीले प्रतिस्पर्धा गर्ने | Khabarhub Khabarhub

अन्तर विश्वविद्यालय खेलकुदमा ६ सय १२ खेलाडीले प्रतिस्पर्धा गर्ने


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –चौथो अन्तर विश्वविद्यालय राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी बिहीबारबाट सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा राष्ट्रिय विश्वविद्यालय खेलकुद संघको व्यवस्थापनमा प्रतियोगितामा ९ विश्वविद्यालय सहभागी हुने छन् ।

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिइएको हो । प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, चेस र दौड समावेश छन् ।

त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल, पोखरा, पूर्वाञ्चल, नेपाल संस्कृत, लुम्बिनी बौद्ध, कृषि तथा वनविज्ञान र काठमाडौं विश्वविद्यालयका गरी ६ सय १२ खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धा गर्ने बताइएको छ ।

आयोजकका अनुसार फुटबल लगनखेलस्थित नेपाली सेनाको मैदानमा हुनेछ भने भलिबल जावलाखेलस्थित भलिबल प्रशिक्षण केन्द्रमा, बास्केटबल एक्मी इन्जिनियरीङ कलेज सितापाइला, दौड आर्मीको मैदान लनखेल, चेस पिनाकल कलेज, टेबल टेनिस राष्ट्रिय टेबल टेनिस तालिम केन्द्र लैनचौर तथा ब्याडमिन्टन नेपाल पुलिस क्लब प्रदर्शनीमार्गमा हुनेछ ।

प्रतियोगितामा १ करोड २६ लाख रुपैयाँ लागत अनुमान गरिएको छ भने ६ सय १२ खेलाडी ७६ स्वर्ण, ७६ कास्य, ७६ रजत गरी कुल २ सय २८ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ४ : २८ बजे

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्